शान्तसंग बस्दा हात, खुट्टा, च्यापु थर-थर काँप्ने
पार्किन्सन रोग (Parkinson’s Disease)मा हुने लक्षणहरु:
१. शान्तसंग बस्दा हात, खुट्टा, च्यापु थर-थर काँप्ने (resting tremors)
-- कुर्सीमा वा खाटको छेउमा बस्दा हात, खुट्टा, वा च्यापु लग-लग काँप्ने हुन्छ l बिहान उठेदेखि बेलुकी नसुत्दासम्म ( आरामसंग बसेको बेलामा) निरन्तर भैराख्छ l प्राय एउटा हात वा खुट्टाबाट मात्र काँप्न शुरु हुन्छ l टाउको (प्राय) काँप्दैन तर रोगले च्याप्दै गएपछि पुरै शरीर हल्लदा टाउको पनि हल्लिए जस्तो हुन्छ l पछि पछि बोल्न पनि अप्ठ्यारो हुँदै जान्छ l
२. हिड्दा निकै ढिलो हिड्ने (slow movement), हातखुट्टा बाँउडेको (दह्रो वा कस्सिएको) जस्तो हुने(muscle stiffness), सोझो (ठाडो) भएर हिड्दा घरी-घरी धानिन नसकेको जस्तो हुने (unbalanced gait)
-- व्यक्तिको हिंडाई पानी भित्र वा खोलामा हिंडे जस्तो, सरासर हिंड्न निकै गार्हो भए जस्तो देखिन्छl उनीहरु हिंड्दा थोरै कुप्रो परेर हिड्छन् र खासै हात हल्लाएर हिँडदैनन् l
-- कपडाको बटन लगाउन, जुत्ताको तोना लगाउन, बत्तिको बल्ब फेर्न, चाबीले ताल्चा खोल्न आदि काम गर्न निकै गाह्रो हुँदै जान्छ l
३. खानाको स्वाद परिबर्तन हुने l
-- फलफुल, खान वा अरु केहीको गन्ध थाह पाउन निकै गार्हो हुने हुन्छ l
४. ३-४ घण्टा निद्रा राम्रोसंग लाग्ने तर त्यसपछि सुत्न नसक्ने त्यसैले दिउसो बढी निन्द्रा लाग्ने l रातमा धेरै छट्पट गरेर सुत्ने l
५. राम्रो खाना र उचित ब्याएम गर्दापनि समयमा दिशा नहुने (constipation). पटक पटक पिसाब फेर्न जानुपर्ने l
६. पहिलेको भन्दा कम स्वरमा बोल्ने l धेरै सानो-सानो अक्षर लेख्ने (micrographia)
-- Parkinson को बिरामीलाई आफुँ चर्कै बोलेको जस्तो लाग्छ तर उनीहरु पहिलेको भन्दा धेरै सुस्तो र सानो स्वरमा बोल्ने गर्छन l प्राय घरपरिवार र साथी भाइले मात्र फरक छुट्याउन सक्छन् l
-- चिट्ठी वा लेख लेख्दा अक्षरहरु साना हुँदै जान्छन् l उनीहरुमा स्मरण शक्ति (memory) र धैर्य गर्ने क्षमता (attention span) कम हुन्छ l जसले गर्दा दुईवटा काम (जस्तै दिमागमा केहि कुरा एक छिन राख्ने र लेख्ने) एकै पटक गर्न सक्दैनन् l त्यसैले लेख्दा लेख्दै अर्को शब्द के लेख्ने भन्ने कुरा मन आएपछि त्यो मनमा आएको कुरा बिर्सिन्छ कि भनेर अहिले लेख्दै गरेको शब्द सानो लेख्छन् l सानो अक्षर लेख्न समय बढी लाग्दैन र अघि सम्झेको कुरा लेख्न भ्याउँछन् l यो कुरा व्यक्ति आँफैलाई यसो गर्दैछु भन्ने थाह प्राय हुँदैन l
७. कुनै पारिवारिक वा पैसाको चिन्ता बिना पनि चिन्तित जस्तो देखिने वा अनुहारमा immediate reaction नदेखाउने वा आँखा समयमा नझिम्क्याउने, कम हास्ने l (masked face)
-- आँफु वरिपरी भैरहेको कुराकानी अनुसारको प्रतिक्रिया दिएर अनुहारमा परिवर्तन ल्याउन झट्टै सक्दैनन् l यो अलि पछि रोगले च्याप्दै गएपछि देखा पर्छ l लामो समय सम्म एकोहोरो एकातर्फ मात्र हेरेर एउटै ठाउँमा बस्ने गर्छन् l
८. जुरुक्क उठ्न खोज्दा रिंगटा लागेजस्तो हुने, पछाडी पट्टि लडीएला जस्तो लाग्ने l दायाँ, बायाँ वा फनक्क पछाडी फर्कन गार्हो हुने l शरीर बलियै भएपनि पहिले जस्तो छिटो छरितो काम गर्न नसक्ने l
-- रिंगटा लाग्ने समस्या विभिन्न औषधिका कारण वा अन्य रोगका कारण पनि हुन सक्छ l
९. उदाशिन हुने
-- पहिलो चरणको उदाशिनता रोग पत्ता लाग्ने बित्तिकै "लौ अब म केहि गर्न सक्दिन, मैले काम गर्न नसक्दा परिवार कसरी पाल्ने?, मलाई यस्तो रोग कसरी लाग्यो?, म त रोगी भएँ" आदि कुरा मनमा ल्याएर उदाशीन हुन्छन् l जसलाई psychiatry मा "Adjustment Disorder with depressed mood " भनिन्छ l तर पछि गएर रोगको आफ्नै कारणले उदाशीनताको लक्षण (Major Depressive Disorder) देखा पर्छन् l कसै कसैमा औषधिको कारण वा यो रोगको आफ्नै जटिलताको कारणले (Parkinson's) Psychosis देखापर्छ l Psychosis भन्नाले नभएको, नदेखेको कुरा साँच्चै हो भनेर बिश्वास गर्ने, अनावाश्येक संका गर्ने, आँफै बर्बराउने, अदृश्य कुरा देखि डराउने आदि l
१०. अन्य धेरै लक्षणहरु
-- यहाँ दिइएको पार्किन्सनको लक्षणको उदाहरण मैले आफ्नो बिरामीमा देखेको आधारमा भनेको हुँ l माथि दिइएको उदाहरण तपाईमा सबै मेल खाँदैन भन्दैमा तपाईलाई पार्किन्सन भएको छैन भन्न मिल्दैन l सबै लक्षणहरु एकै पटक नदेखिन सक्छ l
--माथिका कुनै पनि लक्षणहरु शुरुमा निकै कम वा मधुरो मात्रामा देखिन्छ र जसै रोगले च्याप्दै जान्छ अनि ति लक्षणहरु पनि कठोर र गाडा बन्दै जान्छन् l
-- माथिको लक्षणहरु मध्ये पहिलो तीन लक्षणहरु तपाईंमा देखिएको छ भने तुरुन्त Neurologist वा Psychiatrist को मा जंचाउन जानुहोस् l यो रोग ५० बर्षको भन्दा मुनिकालाई लाग्ने प्रतिशत धेरै कम हुन्छ l तर भर्खर ४० नाघेकालाई पनि यो लागेको धेरै उदाहरणहरु छन् l
रोगको कारण :
---पार्किन्सन रोग यहि कारणले लाग्छ भन्न अझै सकिएको छैन
-- Genetic Mutation र बाताबरणमा हुने बिषाक्द पदार्थ (उदाहरणको लागि, तरकारी र फलफुल फलाउदा प्रयोग गरेको बिषादी जमिनमा गई पानीको श्रोतमा पुग्नाले) पनि हुन्छ कि भन्ठानिएको छ l
---पार्किन्सन रोग बंशाणुगत पनि सर्ने गर्छ l
उपचार:
-- यो रोग पूर्ण निको पार्ने औषधि र प्रबिधि अझै पत्ता लागेको छैन l तर धेरै औषधि यस्ता पाइन्छन् जसले अहिले देखा परेका लक्षणहरु कम गर्ने (जसले गर्दा दैनिक गर्नु पर्ने काम गर्न निकै सजिलो हुन्छ) र रोगले ग्रस्त पार्ने समय अलि लम्ब्याउँदै लान सकिन्छ l
-- औषधिले काम गर्ने छाडेपछि दिमागमा अप्रेशन गरेर DBS (deep brain stimulation) मार्फत उपचार गराउन पनि सकिन्छ तर यो निकै खर्चिलो हुन्छ र सबै देशमा यो उपलब्ध नहुन सक्छ l
--यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला--
--------------------
यो भन्दा पहिला प्रकाशित लेखहरु:
Tobacco Dependency (चुरोटको लत लाग्ने समस्या) Migraine Headache (टाउको दुख्ने समस्या), Intermittent Explosive Disorder (बारम्बार अचानक आवस्येक भन्दा ज्यादा रिसाउने, सन्कने, उत्तेजित हुने बानी), आत्महत्या, बाल यौन हिंसा, Psychopathy, Autism, Alcoholism, Pre-Menstual Dysphoric Disorder, Generalized Anxiety Disorder, Panic Disorder, Schizophrenia, ADHD (Attention Deficit Hyperactivity Disorder), Postpartum Depression, Major Depressive Disorder, OCD (Obsessive Compulsive Disorder), PTSD (Post Traumatic Stress Disorder), भुकम्पले पार्न सक्ने मानसिक तनाब (तीन भाग)
Comments
Post a Comment