बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika
बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika
बिक्रीनामा लेख्ने तरिका
लिखितम जिल्ला नुवाकोट सामरी गा.वि.स. वडा नं. ५ बस्ने श्री छे डोल्मो लामाका हातबाट ऐ. जिल्ला गा.वि.स. वडा नं. ६ बस्ने वर्षा २४ को म सङ्गे पल्देन दोर्जे तामाङले आजका मितिमा रु. ३८,०००/- अक्षरेपी अठ्तीस हजार गन्ति गरी लिएको ठीक सदर साँचो हो । उक्त रुपैयाँ लिए बापत मेरो घरगोठमा मैले पाल्दै गरेको नेतो रंगको लामो सिङ र लामो पुच्छर भएको लइनो, काखमा पाडी भएको भैँसी तपाई साहुलाई बिक्री हगरिदिएँ । उक्त भैँसी कसैले मेरो भनी दाबी गरेमा आफैँ अघि सरी तपाईलाई दिलाउनेछु । दिलाउन नसकेको वा कसैले मेरो भनी प्रमाण पुर्याएमा उक्त रुपैयाँ साँवा ब्याज सहित तिर्न मन्जुर छु भनी यो बिक्रीनामाको कागज लेखाई दायाँ बायाँ सही छाप गरिदिएँ । साक्षी रिगसाङ लिङ गुम्वा आसामीकै घर सदर इति सम्वत् ............. साल .................. गते रोज ............. सही ।
कृपया जग्गा बेच्दा लेखिने तम्सुक को ढांचा गराइदिनुहुन अनुरोध गर्दछु।
ReplyDeleteकृपया गाडी बेच्दा लेखिनि तमसुक ढाचा पनि सिकाइ दिनुन
ReplyDeleteMobile laptop printer camera kharid Garda kasri lekhne paper sikhayi dinus na sir
ReplyDelete