किड्नीको पत्थर (किड्नी स्टोन/ kidney stone) कसरी निर्माण हुन्छ?

१. किड्नीको पत्थर (किड्नी स्टोन/ kidney stone) कसरी निर्माण हुन्छ?
२. किड्नी स्टोन कति प्रकार हुन्छन्?
३. मेरो ५ mm मात्रको पत्थर छ रे तर निस्कदैन किन होला ? अब पत्थर निस्किएन भने किड्नीलाई असर गर्छ?
४. किड्नी स्टोनले गर्दा सहनै नसकिने गरी दुख्यो भने के गर्ने?
५. कसलाई किड्नी स्टोन हुने बढी सम्भावना हुन्छ?
६. औषधि उपचार कसरी गरिन्छ?
७ . किड्नी स्टोन भएकाले के खाने, के नखाने?
८. केहि महिना अघि मेरो ७ mm को पत्थर थियो अहिले छैन भन्छन् l यो कसरी सम्भब छ?
---------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
@Talk2Kalyan
---------------------
१. किड्नीको पत्थर (किड्नी स्टोन/ kidney stone) कसरी निर्माण हुन्छ?
-- हाम्रो शरीरको सम्पूर्ण अंगहरु नियमित रुपमा संचालन गर्न (जस्तै: प्रतिरक्षा प्रणाली स्वस्थ राख्न, हड्डी बलियो बनाउन, मानसिक रुपमा स्वस्थ बन्न, मांशपेशी, स्नायविक, रगत आदिले गर्नु पर्ने काममा साथ दिन) बिभिन्न किसिमको खनिजहरु (minerals) आवस्येक पर्छन् l खनिजहरु हामीले खाने खानाहरुबाट हाम्रो शरीरलाई उपलब्ध हुन्छ l ति खनिजहरु पेटले सोसेर लिन्छ र रगतसम्म पुग्छ l अनी उक्त रगत किड्नीमा गएर filter हुन्छ l रगतमा धेरै भएको खनिज वा शरीरले प्रयोग गरेर फालेको खनिजहरु किड्नीबाट बाहिर निस्कन्छ l ति खनिजका कणहरु निकै मसिना र आँखाले देख्न नसकिने खालका हुन्छन् l तर जब पानी कम पिइन्छ या शरीरमा अन्य रोग/अवस्थाका कारण खनिजका कणहरु थुप्रदै जान्छन् l बर्षौंसम्म एउटा एउटा गरेर जम्मा भएका ति आँखाले देख्न नसकिने मसिना कणहरु ठुला हुँदै जान्छन् र पत्थर जस्तो कडा बन्दछन् l जलाई किड्नी स्टोन भनिन्छ l

२. किड्नी स्टोन कति प्रकार हुन्छन्?
-- सामान्यतय किड्नी स्टोनलाई चार किसिममा बिभाजन गरिन्छ l पत्थरको प्रकार अनुसार उपचार बिधि (खासगरी diet बाट उपचार गर्ने र पत्थर हुन नदिने) को निर्धारण गरिन्छ l
-- Calcium stones (total ८०%): Calcium Oxalate (६५) र Calcium Phosphate (१५)
-- Uric acid stone (१५%)
-- Struvite stone (४%): (magnesium ammonium phosphate)
-- Cystine (१%)

३. मेरो ५ mm मात्रको पत्थर छ रे तर निस्कदैन किन होला ? अब पत्थर निस्किएन भने किड्नीलाई असर गर्छ?
-- प्राय ५ mm मिटर भन्दा सानो पत्थर सजिलै निस्कने गर्छ l ५ भन्दा माथिका पत्थरहरु जति ठुला भए निस्कन उतिनै गार्हो हुन्छ l १० mm को पनि निस्किएका उदाहरणहरु छन् तर प्रायको ८ र ८ भन्दा माथिका पत्थर निस्कदैनन् l
-- पत्थर आँफैले खासै केहि असर गर्दैन l तर त्यो पत्थर ठुलो हुँदै गएर किड्नीबाट निस्कने पिसाब नलीमा अड्किएर पिसाब फर्कियो भने किड्नी सुन्निन सक्छ, जिबाणुहरु फैलन थाल्छ l जसले गर्दा किड्नीलाई क्षति गर्नुको साथै सम्पूर्ण शरीरमा असर गर्न सक्छ l

४. किड्नी स्टोनले गर्दा सहनै नसकिने गरी दुख्यो भने के गर्ने?
-- यदि पहिला पनि किड्नी स्टोन भएको थियो र उस्तै गरेर दुखेको थियो भने ibuprofen ४०० देखि ८०० मिलि ग्राम खाएर हस्पिटल तिर लाग्नु पर्छ l यदि हस्पिटल टाढा छ भने (कम्तिमा) ४ घण्टा पछि फेरी ८०० मिलि ग्रामसम्म खान सकिन्छ l तर (स्वस्थ व्यक्तिले) दिनमा ३२०० मिलि ग्राम भन्दा बढी खान हुँदैन l हस्पिटल पुर्याएपछि रगत नलीबाट अलि कडा खाले नदुख्ने औषधि दिइन्छ l वाकवाक्ति, बान्ता होला जस्तो हुने भएको छ भने नजिकैको फार्मेसीबाट बान्ता हुन नदिने औषधि ल्याएर खाँदा हुन्छ l
-- हस्पिटल पुर्याएर Ultrasound वा CT Scan द्वारा कुन ठाउँमा कत्तिको ठुलो पत्थर छ भनेर जांच गरिन्छ l Urine test गरेर कुनै infection भएको नभएको छुट्याइन्छ l

५. कसलाई किड्नी स्टोन हुने बढी सम्भावना हुन्छ?
-- पानी कम पिउने, गर्मि धेरै हुने ठाउँमा बस्ने
-- बंशाणुगत, परिवारका सदस्यमा भएको
-- पिसाब धेरै पहेंलो भइराख्ने
-- पेटको समस्याहरु भइराख्ने
-- धेरै मासु खाने, चर्को नुन खाने
-- पिसाबमा infection (UTI) भइराख्ने
-- तौल धेरै भएको, शारीरिक व्यायाम कम गर्ने
-- Hyperparathyroidism भएको

६. औषधि उपचार कसरी गरिन्छ?
-- आँफै निस्कन सक्ने size को पत्थर अलि फरक बनोट र आकारका कारण तल ओर्लंदा अड्किएको छ या दुखाई रहेको छ भने अलि सहजका साथ झार्नको लागि एक हप्ता जति नली हल्का फुकाउने खालको औषधिको प्रयोग गर्न सकिन्छ l
-- २० mm जति सम्मको भएकोलाई अप्रेसन नगरी Extracorporeal shock wave lithotripsy (ESWL) प्रबिधि द्वारा बाहिरैबाट फुटाएर स-सानो बनाउन सकिन्छ l यसरी टुक्रिएको पत्थर पिसाब नलि हुँदै निस्कने गर्छ l ति फुटेका सबै टुक्राहरू पिसाब नलीबाट निस्केनन भने केहि पत्थर किड्नी मै बाँकी रहन्छ l त्यसैले गर्दा १५ mm भन्दा कमको पत्थरहरु मात्र ESWL बिधि फार्फत टुक्र्याउनु बेस हुन्छ l यो प्रबिधि नेपालमा सबै ठाउँमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l
-- पिसाब नली हुँदै गएर किड्नीको स्टोनलाई laser ले टुक्राउन सकिन्छ l यो बिधिलाई ureterolithotripsy भनिन्छ l यो प्रबिधि नेपालमा सबै ठाउँमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l
-- कुनै उपाय नलागे ठुलो खाले अप्रेसनद्वारा किड्नीबाट पत्थर निकालिन्छ l

७ . किड्नी स्टोन भएकाले के खाने, के नखाने?
-- जुन सुकै खालको किड्नी स्टोन होस् दिनमा कम्तिमा २.५ लिटर पानी पिउने l गर्मि ठाउँमा बस्नेले कम्तिमा ३ लिटर पिउने l बिहानको पहिलो पिसाब बाहेक कुनै पनि पिसाब पहेंलो हुन नदिने l
-- के खाने, के नखाने भनेर छुट्याउन अघि आँफुलाई कस्तो खाले पत्थर हुने गर्छ भनेर पत्ता लगाउनु पर्छ l यदि पत्ता लगाउन सकिन्न भने सबै फलेको र फुलेको कुरा moderation मा खाने l अर्थात् फलेको र फुलेको कुरा नबार्ने र अति धेरै पनि नखाने l नुन सकेसम्म कम खाने l माछा मासु धेरै नखाने l
-- Uric Acid ले बनेको पत्थर: uric acid धेरै बन्न नदिने औषधि (जस्तै: allopurinol)को प्रयोग गर्नु पर्छ l धेरै गुलियो, चिल्लो नखाने, माछा-मासु कम खाने, रक्सि बियेर बन्द गर्नेl Uric Acid को पत्थर अम्लीय बाताबरण (acidic environment) मा बन्ने हुँदा citrus धेरै भएको फलफुल जस्तै दिनको दुई ओटा कागती खाँदा राम्रो हुन्छ l पिसाबको अम्लीय बाताबरण (acidic environment) लाई कम गर्न potassium citrate वा sodium bicarbonate (खानामा राख्ने soda) को प्रयोग गरिन्छ l तर यिनको जथाभाबी प्रयोग गर्दा मुत्रथैलीमा जिबाणुहरु फैलन सक्छन्l
-- Calicum oxalate बाट बनेको पत्थर: Calcium supplement र calcium पाउने खाना जस्तै दुध, दहि, cheese आदि moderate मात्रामा खानेl Oxalate पाउने चिजहरु जस्तै beer, chocolate (cocoa बाट बनेको मात्र, चिनीले बनेको सस्तो खाले होइन) सकेसम्म नखाने, चिया दिनको २ कप भन्दा धेरै नखाने, nuts, seeds, berries (strawberries, black berries, blueberries), हरियो साग ठिक्क मात्रामा खानेl Citrus धेरै भएको फलफुल धेरै खाने l दिनको दुई ओटा कागती २.५ लिटर पानी संग पिउनेl coke, soda आदि नपिउने; यिनले पिसाबको citrate level घटाईदिन्छ l Citrate ले calcium oxalate बन्न दिंदैन l Potassium citrate हर्बल स्टोर र फार्मेसीमा पाइन्छ (नेपालमा सजिलै पाइन्छ या पाइंदैन मलाई थाह भएन) l यदि calcium phosphate को पत्थर भएको भए उक्त potassium citrate ले झन् पत्थर बढाई दिन सक्छ र मुत्रथैलीमा जिबाणुहरु फैलाई दिन सक्छ l त्यसैले जथाभाबी प्रयोग गर्न हुँदैन l यदि निरन्तर calcium को पत्थर र उच्चरक्तचाप एकै पटक भएको छ भने दुबैलाई काम गर्ने औषधि पनि पाइन्छ l
-- Struvite बाट बनेको पत्थर: यो प्राय किड्नी, पिसाब नली र पिसाब थैलीमा बिभिन्न किसिमका जिबाणुको कारण हुने गर्छ l यसरी जिबाणु फैलन नदिन पानी धेरै पिउने, पिसाबलाई अम्लीय बनाउन cranberry juice पिउने वा cranberry को supplement लिने, चिया कफी प्रसस्त पिउने l तर cranberry मा oxalate धेरै हुने हुँदा calcium oxalate को पत्थर हुने गरेको छ भने cranberry juice वा supplement धेरै लिनु हुँदैन l

८. केहि महिना अघि मेरो ७ mm को पत्थर थियो अहिले छैन भन्छन् l यो कसरी सम्भब छ?
-- यदि त्यस्तो भएको भए उक्त पत्थर uric acid ले बनेको हुनु पर्छ l पिसाब कम अम्लीय (basic) बन्यो भने uric acid बाट बनेको पत्थर आँफै गल्न सक्छ l

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika