पिसाब सम्बन्धि सङ्क्रमण
१. पिसाबको infection वा पिसाब नलीको infection वा UTI (Urinary Tract Infection) भनेको के हो ?
२. पुरुषलाई भन्दा महिलालाई धेरै UTI (Urinary Tract Infection) हुने सम्भावना किन हुन्छ?
३. लक्षण अनुसार Urinary tract को कुन भागमा infection भयो भनेर कसरी थाहा पाउने?
४. UTI को औषधि-उपचार कसरी गरिन्छ ?
५. UTI हुन बाट बच्न के गर्नु पर्छ ?
६. मलाई पिसाब पोल्ने,गनाउने, र धमिलो देखिने हुदैन तर बारम्बार पिसाब फेर्न जानु पर्छl Urine test मा केहि देखिंदैन तर कम पानी पिउँदा पनि पटक पटक पिसाब फेर्नु पर्छ किन होला?
-------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan
-------------------------
१. पिसाबको infection वा पिसाब नलीको infection वा UTI (Urinary Tract Infection) भनेको के हो ?
-- (पोष्टको चित्र हेर्नुस) Urinary Tract भन्नाले Urine अर्थात् पिसाब निर्माण हुने स्थल Kidney (किड्नी), किड्नीबाट उक्त पिसाब तल झार्ने Ureter, पिसाब जम्मा हुने पिसाब-थैली (bladder) र त्यहाँबाट तल ओराल्ने नली urethra को सम्पूर्ण tract (पथ) लाई Urinary Tract भनिन्छ । यो tract (पथ) को जुन सुकै भागमा जिबाणुले आक्रमण गरेपनि पिसाबको infection वा पिसाब नलीको infection वा UTI (Urinary Tract Infection) भनिने गरिन्छ । जब जिबाणुहरु (प्राय) पिसाब नली (Urethra) बाट उक्लदै माथि तर्फ लाग्छन र पिसाब-थैली (bladder) वा अझ त्यो भन्दा पनि माथि गएर Ureter वा अझै माथि गएर Kidney सम्म पुगेर त्यसको भित्रि भागको कोषहरुमा आक्रमण गर्छन तब पिसाब पोल्ने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब अलि धमिलो वा रगत देखिने, शरीरमा अलि धेरै थकित महसुस हुने वा कोखा दुख्ने जस्तो लक्षण देखिन थाल्छ । यस्तो अवस्थालाई UTI भएको भनेर भनिन्छ ।
२. पुरुषलाई भन्दा महिलालाई धेरै UTI (Urinary Tract Infection) हुने सम्भावना किन हुन्छ?
-- लगभग ९०% cases मा दिसामा सामान्य रुपमा हुने जिबाणु पिसाब नली हुँदै माथि गएर UTI हुने गर्छ । हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणाली (immune system) ले ति जिबाणुहरुमाथि आक्रमण गरिदिने गर्छ । तर कहिले काहीं जिबाणुहरु यति धेरै पिसाब नलीमा हुन्छन कि प्रतिरक्षा प्रणालीले थेग्न सक्दैन । कसै-कसैको प्रतिरक्षा प्रणाली बिभिन्न कारणले कम्जोर हुँदा थोरै भएका जिबाणु पनि छिटो छिटो फैलन थाल्छन । हामीले अलि धेरै पानी पिउँदा पिसाब पनि धेरै लाग्ने गर्छ जसले गर्दा माथि उक्लिरहेको जिबाणुलाई पिसाब मार्फत तल झार्न र बाहिर फ्याँक्न सहयोग पुग्छ । Urinary tract मा जिबाणु जति माथि उकालो तर्फ लाग्यो उति नै धेरै समस्या दिने र रोग झनै धेरै बल्झने हुन्छ । (चित्र हेर्नुहोस) देब्रे पट्टि महिलाको र दाहिने पट्टि पुरुषको urinary tract हो । चित्रमा फेरी ध्यान दिनुहोस; महिलाको urethra (पिसाबथैली देखि - तल बाहिरको दुरी) पुरुषको भन्दा निकै छोटो छ । महिलाको urethra निकै छोटो भएकाले जिबाणुहरु पिसाब थैलीमा पुग्न धेरै समय लाग्दैन जसले गर्दा महिलामा infection हुने सम्भावना पनि धेरै रहन्छ।
३. लक्षण अनुसार Urinary tract को कुन भागमा infection भयो भनेर कसरी थाहा पाउने?
-- पिसाब-थैली (bladder) सम्म वा यस वरीपरिको भागसम्म जिबाणुले असर गर्दा देखिने लक्षणहरु: पिसाब पोल्ने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब रोक्न नसकिने, पिसाब गनाउने, पिसाब अलि धमिलो वा रगत देखिने
{{** पुरुषमा प्रसटेट (prostate) मा infection हुँदा पनि यी लक्षणहरु देखिन सक्छ । चित्रको तल्लो भागमा हेर्नुस महिलामा prostate हुँदैन। }}
{{**बृद्धहरुमा (प्राय ७० बर्षको उमेर भन्दा माथि महिला-पुरुष दुबैमा) UTI भएमा केहि दिन चेतना गुमाएको जस्तो हुने, भ्रमित हुने, छट्पटाउने, आत्तिएको जस्तो हुने समस्या शुरुमा देखिन सक्छ }}
-- Kidney (किड्नी) सम्म नै जिबाणु पुगेर असर गर्ने लक्षणहरु: माथिको सबै लक्षणहरु + कोखा दुख्ने, ज्वरो आउने, शरीरमा थकान महसुस हुने, वाकवाक्ति हुने, बान्ता आउने ।
४. UTI को औषधि-उपचार कसरी गरिन्छ ?
-- यदि #३ मा भनेको जस्तो लक्षण देखिएमा urine test (urine dipstick वा urinalysis, +/- culture) गरिन्छl Urine test गर्दा जिबाणु भएको (Nitrites, Leukocyte esterase, >5 WBCs ) संकेत मिल्यो भने तुरुन्त antibiotic शुरु गरिन्छ ।
-- माथि #३ मा पिसाब-थैली (bladder) मा हुने भनेको जस्तो लक्षण भएमा शुरुमा trimethoprim-sulfametoxazole वा ciprofloxacin ( वा levofloxacin) महिलालाई ३-५ दिन र पुरुषलाई १०-१५ दिनको लागि दिइन्छ। (Ciprofloxacin / Levofloxacin) गर्भवतीले प्रयोग गर्नु हुँदैन)। Kidney (किड्नी) सम्म नै जिबाणु पुगेर असर गर्ने लक्षणहरु देखिएमा वा पिसाब-थैली (bladder) को infection फेरी दोहोरिएमा माथि लेखिएको औषधि वा अन्य औषधि अलि लामो समयसम्म प्रयोग गर्नु पर्छ र औषधि सकेको २ हप्ता पछाडी अनिबार्य रुपमा फेरी urine test गर्नु पर्छ ।
-- जिबाणुको प्रकार, रोग र रोगीको अवस्था र उमेर अनुसार थप अन्य धेरै थरिका antibiotic को प्रयोग गरिन्छ ।
-- Antibiotic प्रयोग गर्दा मेडिकल डाक्टरको prescription बिना कहिल्यै प्रयोग गर्नु हुँदैन l लक्षण कम भो वा रोग सन्चो भो भनेर बिचमै antibiotic छोड्नु हुँदैन।
५. UTI हुन बाट बच्न के गर्नु पर्छ ?
-- दिनको २-३ लिटर पानी पिउने । बारम्बार UTI हुने गरेको (र मुटुको समस्या नभएको) वा घर बाहिर काम गर्ने, पसिना धेरै आउने, गर्मि ठाउँमा बसोबास गर्ने भए दिनमा ४-५ लिटर सम्म पिउने।
-- Cranberry को जुस (चिनी नहालेको) वा जुस नभए cranberry को क्याप्सुल दिनहु खाने
-- चुरोट, रक्सि बन्द गर्ने, coffee कम गर्ने, sweetener (चिनी बिनाको चिनी) कम गर्ने
-- दिनहु नुहाउने र (कम्तिमा भित्रि) कपडा दिनहु परिबर्तन गर्ने, under garment नाइलन वा अन्य कुराको भन्दा cotton को लगाउने
-- दिशा-पिसाब गरे पछि प्रत्येक पटक यौन अंग सफा गर्ने। (महिलाले त्यसरी सफा गर्ने बेलामा wipes प्रयोग गर्दा अगाडीबाट पछाडी लैजाने)
-- महिला पुरुष दुबैले यौन सम्पर्क अघि र पछि यौनअंग साबुन-पानीले सफा गर्ने।
६. मलाई पिसाब पोल्ने,गनाउने, र धमिलो देखिने हुदैन तर बारम्बार पिसाब फेर्न जानु पर्छl Urine test मा केहि देखिंदैन तर कम पानी पिउँदा पनि पटक पटक पिसाब फेर्नु पर्छ किन होला?
-- पिसाब थैलीमा पिसाब जम्मा भएपछी पिसाब थैलीले पिसाब फेर्ने संकेत दिमागमा पठाउने र त्यस पछि दिमागले अर्को संकेत Urinary tract मा पठाएर पिसाब नली खुल्ने र पिसाब थैली खुम्चिने जसले गर्दा सजिलै पिसाब बाहिर आउने प्रक्रिया हुने गर्छ l जब कुनै कारण उक्त प्रक्रियामा खलबल आउँछ पिसाब थैली समय अगाडिनै खुम्चिदिने गर्छ जसले गर्दा छिटो छिटो पिसाब लाग्ने हुन्छ l यस बारे थप जानकारीको लागि यो लिंकमा जानुहोस ------> https://www.facebook.com/permalink.php?story_fbid=549796181876850&id=327050557484748&substory_index=0
-- कोहि पुरुषमा (खासगरी ५० नाघेकामा) प्रसटेट (prostate) को आकार बढ़दै जानाले पछाडी बाट पिसाब नली र थैलीमा धकेलिदिंदा पिसाब एकै पटक निखार्न नसकिने र पटक पटक रातीमा पनि पिसाब फेर्न जानु पर्ने हुन्छ (चित्रको तल दायाँ भाग हेर्नुहोस) l याद गर्नुहोस महिलामा प्रसटेट (prostate) हुँदैन l यस्तो रोगलाई benign prostatic hyperplasia (BPH) भनिन्छ (यस बारेमा थप कुनै दिन लेख्नेछु) ।
Comments
Post a Comment