स्मरण शक्ति कम्जोर हुनाको कारण हरु

सोंच विचार गरेर निर्णय लिने शक्ति घट्दै जाने, स्मरण शक्ति कम हुँदै जाने, दैनिक गर्नु पर्ने घरको वा जागिरको काम ब्यबस्थित तरिकाले गर्न सक्ने क्षमतमा क्षय हुँदै जाने र आफ्नो हाउभाउ वा व्यक्तित्वमा परिवर्तन हुने समस्यालाई डिमेन्सिया (Dementia) भनिन्छ l Dementia आँफैमा रोग नभई यो धेरै लक्षणहरुको समुह हो l Dementia का धेरै प्रकार छन् l ति मध्य Alzheimer’s (अल्साईमर) Type, Vascular (लामो समय सम्म हुने high blood pressure, diabetes, smoking र सानो-सानो stroke का कारण), Dementia with Lewy bodies, Parkinson's disease, Traumatic Brain Injury (साना पटक पटक टाउकामा लागेको चोट वा ठुलो एउटा चोटका कारण), Vitamin B-12 deficiency (लामो समयसम्म वा धेरै सानो उमेरदेखि vegetarian भएको कारण वा शरीरले Vitamin B-12 लिन नसकेको कारण), HIV-AIDs (अन्तिम अबस्ता तिर) र अन्य धेरै कारणहरु l

यो पोष्टमा Alzheimer's (अल्साईमर) रोगको कारणले भएको (डिमेन्सिया) Dementia को लक्षणको बारेमा मात्र चर्चा गर्नेछु l Alzheimer's रोगको लक्षणहरु कसै-कसैमा ५० बर्षको उमेर अघिदेखि नै देखिन सक्छ l Alzheimer's रोगमा उमेर संगै लक्षणहरु बल्झंदै जान्छन् l  यहाँ दिईएको लक्षणका उदाहरणहरु मैले आफ्नो बिरामीमा देखेको आधारमा लेखेको हुँ l तल दिईएको १ देखि १० सम्मका लक्षणहरु जसै नम्बर बढ्दै जान्छ उसै लक्षणहरु कठोर हुँदै जान्छ भनिएता पनि सबै मानिसको हकमा यो लागु नहुन सक्छ तर मोटामोटी रुपमा यहाँ भने जस्तै देखिन्छ l
---------------------
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला l
-------------------

१. शब्द:- बेला बेलामा भन्नु पर्ने शब्दहरु बिर्संदै जानु l व्यक्ति वा सामानको नामहरु बिर्संदै जानु l
-- उदाहरण : चक्कु माग्न पर्यो भने हातको इसाराले काटेको जस्तो गरेर माग्ने; वा "ऊ त्यो के, चोकैको कपडा पसलको, जहिले पनि कालो चस्मा लगाउने के, क्यारे उसको नाम ?" भनेर संधै चिनिराखेको वा बोलि राखेको मानिसको नाम सम्झन गार्हो हुनु l
-- सामान्य स्वस्थ व्यक्तिमा पनि यो लक्षण कहिले कहीं देखिए पनि Alzheimer's Type (अल्साईमार) खाले dementia (डिमेन्सिया) मा जस्तो दिनहुं र दिनकै धेरै पटक देखिंदैन र लक्षणहरु बढ्दै पनि जाँदैनन् l

२. सामान:- फोन, चाबी, पर्स, गहना आदि कुरा राखेको ठाउं बिर्संदै जानु l सामानहरु खोज्नकै लागि पहिलेको भन्दा धेरै समय बर्बाद गर्नु l
-- सामान्य स्वस्थ व्यक्तिमा पनि यो लक्षण कहिले कहीं देखिए पनि Alzheimer's Type (अल्साईमार) खाले dementia (डिमेन्सिया) मा जस्तो दिनहुं र दिनकै धेरै पटक देखिंदैन र लक्षणहरु बढ्दै पनि जाँदैनन् l

३. योजना:- घरमा या काममा पहिले देखि गर्दै आएको नयाँ योजना वा धेरै सोंच्नु पर्ने, धेरै कुराको ध्यान दिनु पर्ने कामकार्य वा संगठनलाई चलाउने वा नेतृत्व लिने काम गर्न गार्हो हुँदै जानु l योजना र कार्यान्वयनमा मेल नखानु, धेरै गल्ति गर्दै जानु l

४. घटना:- आफ्नो जीवनकालका प्रमुख घटनाहरु बिर्संदै जानु l
-- जस्तै: आफ्नो बिबाह कसरी भयो?, छोरा-छोरीको बिबाहमा के भयो, को संग भयो वा कसरी भयो?, आँफु कुन स्कुलमा पढेको? आदि कुराहरु सम्झन गार्हो हुँदै जान्छ l फोटो वा भिडियो देखाउंदा फेरी केहि समयको लागि सम्झना आउन सक्छ l

५. समय:- आजको दिन कुन महिना हो वा कुन ऋतु हो वा कुन साल हो भन्ने बिर्सनु l जस्तै: दसैं आएपछि अब केहि दिनमा तिहार पनि आँउछ भनेर याद नहुनु l
-- गर्मीको समयमा स्वेटर लगाएर हिंड्न खोज्ने, कुन पर्वमा कस्तो अपेक्क्ष्या राख्ने थाह नहुने: जस्तै तिहारको बेलामा घर बाहिर कोहि नाच गान गर्दै छन् भने "देउसी भैलो" हो भन्ने ख्याल नगरी "को हल्ला गर्दै छन् यति राती यहाँ?" भनेर रिसाउन थाल्ने l

६. व्यक्तित्व:- आफ्नो जीवनकालमा जुन प्रतिष्ठा, इज्जत थियो वा जुन आफ्नो दैनिकी हाउभाउ थियो त्यो सबै कुरामा धेरै परिवर्तन हुनु l
-- कहिल्यै नरीसाउने, बोल्दा निकै रमाइलो गर्नु पर्ने र मिजासिलो स्वभाब भएकाको पनि निकै रिसाह, अप्ठेरो स्वभाब, घमण्डी आदि बानी हुनु l झन्नक रिसाउनु, उदाशीन हुनु, एकोहोरो बर्बराउनु आदि अनेकौ थरिका बानीव्यहोरा देखिन थाल्छन् l (मेरो एक जना बिरामीमा जीवन भर नमिठो स्वभाब भएको, परिवारलाई समेत डस्ने बानी भएको मान्छे dementia भएपछी निकै सरल, मायालु, मिठो बोल्ने आदि बानी देखा परेको थियो) l स्वभाब जस्तो पनि देखिन सक्छ l

७. बाटो:- बिर्सने समस्या र ध्यान केन्द्रित गर्न नसक्ने समस्या बढ्दै गएर आफ्नो घरबाट अलि पर पुग्दा दिनहुँ आउने जाने बाटो पनि बिर्सिएर हराउनु l आँफु सुत्ने कोठाबाट मन्दिर वा घर बाहिर निस्कने मूलद्वार वा सौचालय कता छ आदि पनि पत्ता लगाउन नसक्नु l
-- कोहीलाई आँफुलाई बिर्सने समस्या छ भन्ने कुराको याद हुँदैन l उनीहरुको भित्री मन छटपट छटपट भै राख्छ, के मिलेन के मिलेन भै राख्छ l अनि उनीहरु पहिले झैं आफ्नो नित्य काम गर्न अघि सर्छन् l रातको २-३ बजे उठेर खाना पकाउन थाल्ने, आगो बालेर त्यतिकै छाडीदिने, कपडामा iron लगाउन खोज्ने र त्यसै छाडी दिने, भान्छामा राख्नु पर्ने सामान लगेर सौचालयमा राख्ने, कपडा धुनलाई भएभरको घरका कपडा भिजाउने, एउटा काम सुरु गरे पछि त्यो नसकी अर्को थाल्ने आदि कार्य उठेदेखि नसुतेसम्म गरी राख्छन् l यस्तो अवस्थामा उसलाई एक जना मानिसले चौबिसै घण्टा हेरीराख्नु पर्छ l

८. बिश्वास:- आंफुले राखेको सामान नपाउँदा आफ्नो हेरचाह गर्नेलाई "तैंले चोरीस्" भनेर दोस लगाउनु l कसैको बिश्वास नगर्नु l कसै कसैमा hallucination अर्थात् नभएको कुरा देख्ने, सुन्ने वा महसुस गर्ने समस्या हुनु l जसले गर्दा बिनाकारण कुनै घटना नभईकन पनि "फलानोले मलाई यसो गर्यो वा उसो गर्यो" भनेर दोष लगाउनु l
--यस्तो समस्या रोगको कारणले हो भन्ने थाह नभएको परिवारमा ठुलै भुकम्प जान्छ l बूढा-बूढी बृद्धा आश्रमको सहारा लिनु पर्ने अवस्था आउन सक्छ l

९. भोक:- रोगले च्याप्दै गए पछि आंफुले खाएको वा नखाएको थाह नपाउनु l भोक लाग्यो पनि भन्न नसक्नु l कुनै पनि किसिमको सामान्य भन्दा पनि सामान्य कुरा आँफै गर्न नसक्नु l
-- मुख भित्रै खाना नलगीदिंदासम्म खान खोज्दैनन् l हातमा toothbrush राखी दिंदा पनि दांत माज्ने हेक्का राख्दैनन् l उठ्ने, सुत्ने, खाने, कपडा लगाउने आदि सम्पूर्ण कार्य गर्न चौबिसै घण्टा अरुको पूर्ण सहयोग चाहिन्छ l एक दिनमा कम्तिमा २ जना बलिया मानिसहरु यस्ता १ जना बिरामीको हेर चाहमा चौबिसै घण्टा खटिनु पर्ने हुन्छ l

१०. जवाफ:- अन्तिम अवस्था तिर, सोधेको प्रश्नको जवाफ दिन छाड़छन् l दिईहाले भने उत्तर एक-दुई शब्द भन्दा बढी हुँदैन, र प्रश्न अनुसारको उत्तर पनि मिल्दैन l
-- कोहि भने एक सुरले अनेकथरी बोलेर बस्ने गर्छन् l उनीहरुले बोलेको कुरा केहि बुझीदैन वा प्रसंग मिल्दैन l

----------------------
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला l
----------------------

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika