सुत्केरी आमालाई हुन सक्ने मानसिक समस्याहरु के के हुन?

1. सुत्केरी आमालाई हुन सक्ने मानसिक समस्याहरु के के हुन?
2. (Postpartum = बच्चा जन्माएपछिको) Baby Blues का लक्षणहरु के के हुन?
3. Postpartum Depression का लक्षणहरु के के हुन?
4. Postpartum Psychosis का लक्षणहरु के के हुन ?
-------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan/Twitter
-------------------------
1. सुत्केरी आमालाई हुन सक्ने मानसिक समस्या के के हुन?
--  (Postpartum) Baby Blues: शिशु जन्मे पछि केहि दिन तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुस मुकुस आदि हुनु
-- Postpartum Depression: उदाशीनता र चिन्ता बढेर आफ्नो र बच्चाको हेरचाह गर्न नसक्नु
-- Postpartum Psychosis: Depression बढ्दै गएर, आफ्नो वा/र बच्चाको हत्या गर्न पनि पछि नपर्नु l

2. (Postpartum) Baby Blues का लक्षणहरु के के हुन?
-- धेरै नवशिशुको आमालाई शिशु जन्मेको पहिलो १-२ दिन देखि १०-१५ दिन सम्म मनमष्तिस्कमा धेर थोर तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुस मुकुस आदि हुने गर्दछ l जसले गर्दा छिनछिनमा रुन मन लाग्ने, मन आत्तिने, झनक्क रिस उठ्ने, खान मन नलाग्ने, निन्द्रा राम्रो नपर्ने आदि हुन्छ l यी समस्याहरु तेस्रो हप्तासम्ममा लगभग आँफै समाधान भएर जान्छ l यो प्रक्रियालाई (Postpartum) Baby Blues भनिन्छ l पहिलो चोटी आमा बनेकोलाई यो समस्या धेरै देखिन्छ l

-- यो समस्या सुरु हुने नदिने वा भएमा कम गर्ने उपायहरु:  
१. बच्चाको आमाले आफ्नो मनको कुरा ढुक्कसंग खोल्ने बाताबरण मिलाउने; बोल्दा "अरुले के भन्ला ?" भन्ने सोचाई आउने बाताबरण बनाउन नदिने;
२. जति बच्चालाई ध्यान, समय र माया दिइन्छ, आमालाई पनि त्यति नै दिने;
३. बच्चाको आमाले गरेको सानो गल्तीमा खोटी देखाउने, दुरुत्साहित गर्ने, हेप्ने आदि व्यवहार गर्ने मानिसलाई नजिक नराख्ने;
४. आमालाई प्रसस्त आराम गर्ने मौका दिने; पहिलो एक महिना बच्चाको प्राय सम्पूर्ण स्याहार सुसार गर्ने जिम्मा अरुले लिने र आमाले जति सक्छिन उति मात्र गर्ने;
५. आमाको वरिपरि नाताले नजिक भएका भन्दा पनि मनले नजिक भएकाहरु लामो समयसम्म बस्ने;
६. शरीरले दिएसम्म घर बाहिर निस्किएर दिनहु हिंडडुल गर्ने;
७. र अन्य धेरै
         
3. Postpartum depression का लक्षणहरु के के हुन?
-- कसै कसैमा भने माथि बताइएको (Postpartum) Baby Blues को समस्याहरु जस्तै लाग्ने लक्षणहरु तर अलि निकै कडा खालको लक्षणहरु लामो समयसम्म देखा पर्छ l समस्या यति जटिल हुँदै जान्छ कि आमाले आफ्नो र बच्चाको हेरचाह गर्न सक्दिनन् l मन धुम्म परेको, केहि कुराको पनि रमाइलो नलाग्ने, बच्चा हेरेर खुसि हुन नसक्ने, जिन्दगी खल्लो भएको जस्तो आदि लक्षणहरु देखा पर्छन्, जसलाई Postpartum Depression भनिन्छ l

-- Postpartum Depression बच्चा जन्मेको ६ महिनासम्म पनि हुन सक्छ l यसका केहि लक्षणहरु यस प्रकार छन्:
१. दिनको धेरै पटक रुने, धेरै सानो कुरामा पनि चित्त दुखाउने, भाबुक हुने
२. बच्चासंग रमाउन नसक्ने, खेल्न नसक्ने, जति प्रयास गर्दा पनि बच्चा प्रति ममता नपलाउने जसले गर्दा मनमा ग्लानी उत्पन्न हुने
३. धेरै कम बोल्ने वा काम नपरी अरुको अगाडी नपर्ने, कुरा गर्न मन नलाग्ने
४. खान नरुच्ने, निन्द्रा नपर्ने (कसै कसैमा ठिक उल्टो भोक नलागे पनि खाई रहने वा दिनको १६-१८ घण्टा सम्म सुत्ने पनि हुन्छ)
५. नचाहिँदो कुरामा चिन्ता गरेर बस्ने, बच्चाको स्याहार-सुसार गर्न सक्दिन झैं लाग्ने, आँफु आमा हुन लाएक नभएको जस्तो महसुस हुने, भबिस्य अन्धकार भएको जस्तो लाग्ने, अब मेरो जिन्दगी बर्बाद भयो भन्ने जस्तो कुरा पटक पटक मनमा आउने
६. जत्तिखेर पनि शरीर शिथिल भएको जस्तो, शक्तिहीन महसुस हुने, केहि गर्न आँट नआउने
७. मन जत्तिखेर पनि तनाबमा हुने, कारण बिना आत्तिएर बस्ने, खुसि हुन नसक्ने, गित संगीत सुन्न वा चलचित्र हेर्न मन नलाग्ने,
८. ध्यान एकाग्र गर्न नसक्ने, स-साना कुराको निर्णय पनि गर्न नसक्ने,
९. आफ्नो बच्चाको रुप र ब्यबहारको प्रशंसा गर्नुको साटो, बच्चा देखेर रिस उठ्ने
१०. र अन्य धेरै

-- यदि बच्चा पाउनु अघि कहिल्यै पनि depression, anxiety, bipolar, psychosis आदि कुनै पनि किसिमको मानसिक समस्या थिएन भने र बच्चाको आमाले लोग्नेको र अन्य घर परिवारको चाहिए जति सहयोग (भौतिक र भावनात्मक दुवै) उचित समयमा पाएको खण्डमा Postpartum Depression केहि हप्ता वा महिनामै आँफै निको हुन पनि सक्छ l तर सबैमा यो नियम लागु हुँदैन l कसै-कसैलाई औषधि र परामर्श (counseling /therapy) अवाश्येक पर्न सक्छ l माथिका लक्षणहरु देखिने बित्तिकै मनोचिकित्सक (psychiatrist) को मा जान म सल्लाह दिन्छु l

4. Postpartum Psychosis का लक्षणहरु के के हुन ?
-- यदि Postpartum Depression समयमै चिन्न सकिएन र बल्झिदै गयो भने यसले Postpartum Psychosis को रुप लिन सक्छ l यदि पहिलेनै मानसिक समस्या भएको भए बच्चा जन्मिएको केहि दिनमै Postpartum Psychosis हुन पनि सक्छ नत्र केहि हप्ता लाग्न सक्छ l Postpartum Depression बढ्दै गयो भने आमाको मष्तिसकले के सहि हो, के गलत हो, कुन भावना सामन्य हो र कुन असामान्य हो, आँफु होसमा हो या बेहोसमा हो, के गर्दा ठिक हो र के गर्दा बेठिक हो छुट्याउन सक्दैनl यस्तो अवस्थालाई Postpartum Psychosis भनिन्छ l यस्तो अवस्थामा केहि समय hospital मा राखेरै उपचार गर्नु पर्ने हुन सक्छ l

-- Postpartum Psychosis का लक्षणहरु:
१. नभएको कुरा देख्न थाल्नु वा सुन्न थाल्नु l अर्को मानिससंग वार्तालाप गरेको झैं गरि आँफैसंग लामो समयसम्म प्रश्नोत्तर गरिरहनु l घरमा नभएको जीव जन्तु देख्नुl
२. कुन साल हो, कुन महिना हो, साथी नाता गोता कोको छन् पत्तो नहुनु l सामान्य प्रश्नहरुको उत्तर दिन नसक्नु l
३. उदाशिनता, चिन्ता, रिस, आदि झन् झन् बढ्दै जानु l आँफु र बच्चा दुबैको भोक र निन्द्राको ख्याल नगर्नु l बच्चाको रुवाईले आक्रोसित हुनु l
४. बच्चा र आंफ्नो दुबैको हत्या गर्ने योजना बनाउनु l (कसै कसैले बच्चामा भुतप्रेत पसेको छ वा केहि कारणले बच्चालाई समस्या भएको छ भन्ने भ्रम भै बच्चालाई त्यसबाट जोगाउन भनेर बच्चाको शरीर आगोमा फालिदिने, चक्कुले कोप्ने आदि गर्ने योजना बनाउछन् l कसैले भने बच्चाले भबिस्यमा दुख पाउँछ, म मेरो सन्तानलाई त्यस्तो दुख हुन दिन्न र समयमै समधान गरिदिनेछु भन्ने निर्णय लिन्छन्l कोहिले बच्चाको कारण आफ्नो जिन्दगि बर्बाद भएको भनेर बच्चालाई ठेगान लगाउनु पर्छ भनेर सोंचाई बनाउँछन् l कोहिले मनको पिडा सहनै नसकिने भो भनेर आफ्नो ज्यान लिने निर्णय गर्छन् र आँफु मरे पछि आफ्नो सन्तानको बिजोग हुन्छ भनेर सम्पूर्ण परिवार एकै पटक ज्यान लिने मन बनाउछन् l )
५. पछि गएर माथिको उदाहरणमा दिइएको घटना घटेको सबै कुरा आमाले थाहा नपाउनु, सपना जस्तै लाग्नु l (घटना भैरहेको बर्तमान अवस्थामा सोध्ने हो भने आमाले आफ्नो मनको कुरा जस्ताको तस्तै भन्न सक्छिन् तर पछि थोरै कुराहरु बाहेक कुनै घटना याद हुँदैनl)

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika