कोलेस्टोरोल भनेको के हो? कसरी हुब्छ?
१. कलेस्ट्रल (Cholesterol) र triglycerides भनेको के हो?
२. High cholesterol र high triglycerides का लक्षण हरु के के हुन्?
३. LDL, HDL र Total Cholesterol मा के फरक छ ?
४. LDL, HDL, Triglycerides शरीरमा कति हुनु पर्छ ? र यिनीहरुलाई ठिक मात्रामा राख्ने औषधिहरु के के हुन ?
५. शरीरमा Cholesterol र Triglycerides धेरै हुनेले खान हुने-नहुने र गर्नु हुने-नहुने कुराहरु के के हुन ?
-------------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan
-------------------------------
१. कलेस्ट्रल (Cholesterol) र triglycerides भनेको के हो?
-- Cholesterol शरीरलाई निकै आवस्येक पर्ने तत्व हो जुन हाम्रो शरीरले आँफै बनाउछ । यो माछा-मासु, अण्डा (पंहेलो भाग), दुध आदिबाट पनि उपलब्द हुन्छ । Cholesterol ले शरीरको अधिकांश हर्मोन, Vitamin D, पित्त आदि बनाउन सहयोग गर्नुको साथै शरीरको कोषहरू स्वस्थ र स्थिर राख्न पनि मद्दत गर्छ। Triglycerides भनेको हामीले खाना खाएपछि शरीरले उत्पादन गरेको energy संग्रहीत भएर बनेको घ्रिताम्स हो जुन शरीरको अंगहरु चलायमान राख्नको लागि शक्तिको रुपमा प्रयोग हुन्छ । यी दुवै पानीमा या रगतमा घुल्दैनन।
-- अब तपाईंको प्रश्न यस्तो हुन सक्छ "यति राम्रो काम गर्ने कुरा धेरै हुदा ठिक हुनु पर्ने किन मानिसहरु यो बारेमा चिन्ता गर्छन ?" समस्या कहानेर हुन्छ भन्दा cholesterol र triglycerides हरु शरीरको कोषमा गएर आंफुले गर्नु पर्ने काम गर्दा त ठिकै थियो तर रगतमा लामो समयसम्म बसिदियो या रगत नलीको भित्रि भागमा अड्किदियो भने पत्र-पत्र बनेर रगतनली नै टाली दिन्छ (पोष्टको चित्रको तल्लो भाग हेर्नुस)। जसले गर्दा रगत राम्रोसंग बग्न पाउंदैन र उच्चरक्तचाप बनाईदिन्छ । उक्त cholesterol र triglycerides जमेर बसेको पत्र टुक्रिएर रगत नलीमा घुम्न थाल्यो भने टाउकोमा गएर मष्तिकघात बनाउन सक्छ । मुटुको रगत नलीमा टालिन थाल्यो भने हृदयघात बनाईदिन सक्छ ।
२. High cholesterol र high triglycerides का लक्षण हरु के के हुन्?
-- अधिकांशमा शरीरमा cholesterol र triglycerides धेरै हुने बित्तिकै कुनै रोग-विशिष्ट लक्षणहरु देखिदैन । पछि गएर एकै पटक यसले निम्त्याउने समस्याहरु जस्तै उच्चरक्तचाप, हृदयघात आदि भएपछि मात्र सालौं सम्म शरीरमा cholesterol र triglycerides धेरै भएको रहेछ भनेर थाह हुन्छ । केहीमा बंशानुगत (familial hypercholestremia) हुने हरुमा खुट्टाको कुरकुच्चा भन्दा केहि माथि, कुहिनो, घुंडा, औंला, आँखा वरिपरि आदि भागहरुमा छाला भित्र सानो मकैको गेडा अडिएको जस्तो गरेर cholesterol जम्मा भएको देखिने गर्छ । रगत जांच गर्दा प्रष्ट हुन्छ शरीरमा धेरै cholesterol र triglycerides छन् या छैनन् भन्ने । (प्राय) भुँडी लागेकाको cholesterol र triglycerides धेरै हुने गर्छ ।
३. LDL, HDL र Total Cholesterol मा के फरक छ ?
-- LDL (low density lipoprotein) = यो cholesterol बोकेर शरीरको अंग-अंग वा कोष-कोषमा पुर्याउने protein युक्त तत्व हो । यसमा fats (घ्रिताम्स) को मात्रा धेरै हुन्छ र यो रगत नलीमा अड्किएर बस्ने धेरै सम्भावना हुन्छ । त्यसैले यसलाई खराब cholesterol मानिन्छ।
-- HDL (high density lipoprotein) = यो पनि LDL जस्तै हो तर यसले रगत नलीमा अड्किएर बसेको LDL-cholesterol लाई हटाएर आँफु संगै लान्छ र कलेजोमा पुर्याउछ । कलेजोमा LDL-cholesterol लाई थन्क्याइन्छ र पुन-प्रसंस्करण गरिन्छ l HDL ले LDL को रगतमा हुने मात्रा कम गर्न र यसबाट रगत नलीमा हुने हानि न्यून गर्न सहयोग गर्छ l यस कारणले HDL लाई राम्रो cholesterol मानिन्छ ।
-- Total Cholesterol = भनेको शरीरमा (खासगरी रगतमा) बिभिन्न रुपमा रहेका cholesterol हरुको कुल संख्या हो । अर्थात् LDL, HDL, लगाएत अन्य धेरै कुरामा बसेर रगतमा सैर गरेको cholesterol हरुको कुल संख्या हो ।
४. LDL, HDL, Triglycerides शरीरमा कति हुनु पर्छ ? र यिनीहरुलाई ठिक मात्रामा राख्ने औषधिहरु के के हुन ?
-- LDL = १०० भन्दा कम, यदि मुटु सम्बन्धि या रक्तनली सम्बन्धि रोग या मधुमेह (diabetes) लागि सकेको छ भने ७० भन्दा कम हुनु पर्छ । * औषधिहरु: lovastatin, pravastatin, simvastatin, fluvastatin, atorvastatin, rosuvastatin (याद गर्नुस यी औषधिको अन्तिम मा statin लेखेको छ त्यसैले यिनीहरुलाई statin औषधि पनि भनिन्छ) । यी औषधिहरु कलेजोमा समस्या भएकोले र गर्भवतीले प्रयोग गर्न हुँदैन र प्रत्येक ६-१२ महिनामा रगत जांच गर्नु पर्छ । अन्य औषधिमा: पेटमा पित्तलाई पुन शरीरमा सोस्सियर जान नदिने bile acid resins (cholestyramine, colespitol, colesevelam)
-- HDL = ६० भन्दा माथि हुनुपर्छ । * HDL कम भएमा Niacin (Vitamin B3) प्रयोग गरिन्छ तर यो औषधि आजभोलि त्यति prescribe गरिदैन । Niacin ले भन्दा नियमित शारीरिक ब्यायामले HDL को मात्रा बढाई दिन सक्छ ।
-- Triglycerides = १५० भन्दा कम । * औषधिहरु: gemfibrozil, fenofibrate, clofibrate (यिनीहरुलाई fibriate औषधि पनि भनिन्छ l यसले हल्का LDL बढाउन सक्छ त्यसैले LDL को मात्रा अति धेरै भएको अवस्थामा यो दिन हुँदैन)। यी औषधिहरु कलेजोमा या पित्तथैली सम्बन्धि समस्या भएकाले प्रयोग गर्नु हुँदैन। Statin औषधिसंग पनि सकेसम्म प्रयोग गर्न हुँदैन । यदि संगै लिने हो भने ६-१२ महिनामा रगत जांच गर्नु पर्ने हुन सक्छ ।
-- Total Cholesterol = २०० भन्दा कम । * औषधिहरु: Statin औषधि, Ezetimibe (यसले हामीले खाएको खानाबाट निस्किएको कलेस्ट्रललाई आन्द्राबाट सोसेर रगतसम्म जाने प्रक्रिया केहि मात्रामा बन्द गरिदिन्छ l अत्याधिक Triglycerides भएको ले यो लिनु हुँदैन) र bile acid resins
५. शरीरमा Cholesterol र Triglycerides धेरै हुनेले खान हुने-नहुने र गर्नु हुने-नहुने कुराहरु के के हुन ?
-- खानै नहुने कुराहरु : डाल्डा घिउ र यसबाट बनेका परिकारहरु, तेल घिउमा चुर्लुम्म डुबाएर बनाएको परिकारहरु, अण्डाको पंहेलो भाग, मासुको बोसो
-- सकेसम्म कम खानु पर्ने कुराहरु: गाई भैंसीको घिउ, नरीवलको तेल, मासु, दुध (तर काटेर खाँदा हुन्छ), cheese, केक, डोनट र यिनमा राखिने क्रिम,
-- सकेसम्म धेरै खानु पर्ने कुराहरु: Almond र अन्य खालका बदाम (nuts), घरमै बनाएको फलफूलको रस (बजारमा चिनी मिसायिएको हुन्छ), गेडागुडीको बाक्लो रस, दाल, berries (strawberry, blueberry), सबै खाले फलफूल, काँचो गोलभेंडा, हरियो तरकारी, माछा (समुन्द्रको भन्दा खोलाको बेस),
-- गर्न नहुने ब्यबहारहरु: चुरोट, रक्सि, दिनभर बसेर गर्ने काम,
-- नियमित गर्नु पर्ने ब्यबहारहरु: दिनहु ब्यायाम गर्नुस, दौडनुस, तौल ७० किलोको आसपास राख्नुस, तनाबबाट टाढा रहने प्रयास गर्नुस,
****Soluble fiber ले हामीले खाएको खानाबाट निस्किएको cholesterol लाई बाँधिदिन्छ जसले गर्दा आन्द्राले सोसेर रगत सम्म पुर्याउन पाउंदैन l यसरी पनि cholesterol कम गर्न सकिन्छ l तरकारी र फलफुल काट्दा सुरुमा निस्कने चिफ्लो लेउ जस्तो पदार्थ प्राय soluble fiber हुने गर्छन l चामल, जौं (oat) आदि भिजाउंदा निस्कने चौलानी वा चिफ्लो वा बाक्लो पथार्थ पनि soluble fiber हुन l Soluble fiber supplement को रुपमा किन्न पनि पाइन्छ जसले कब्जियतलाई ठिक गर्छ ।
Comments
Post a Comment