Diabetes (मधुमेह) रोग कसरी लाग्छ ?
१. Diabetes (मधुमेह) रोग कसरी लाग्छ ?
२. Diabetes का लक्षणहरु के के हुन् ?
३. Diabetes छ भनेर कसरी थाह पाउने ?
४. मलाई diabetes छ तर मैले औषधि खाएको छैन l औषधि नखाई कसरी सुगर कन्ट्रोल गर्ने?
५. Diabetes बिग्रिएर ल्याउने समस्या के हुन्?
६. Metformin ले कसरी काम गर्छ ?
७. मलाई type II diabetes भएको केहि महिना मात्र भयो l मैले खानाको छाक कम गरेर sugar कन्ट्रोल गर्दा हुँदैन?
८. Diabetes को औषधिले side effect दिन्छ रे ! मैले जडीबुटी र आयुर्वेदिक औषधि खाने विचार गरेको छु l
-------------------
@Talk2Kalyan
-------------------
१. Diabetes रोग कसरी लाग्छ ?
-- सरल भाषामा भन्नु पर्दा धेरै दिनसम्म रगतमा हुनु पर्ने भन्दा सुगरको मात्रा धेरै भएको अस्वस्थालाई diabetes (मधुमेह) भनिन्छ l हामीले खाने प्राय सम्पूर्ण खानाहरु अन्तिममा सुगर बनेर रगतसम्म पुग्छ l रगत नलीले त्यो सुगरलाई शरीरको प्रतेक अंगको (प्राय) प्रत्येक कोषमा पुर्याउछ l उक्त कोष भित्र सुगर पुगेपछि मात्र भोक लाग्न छोड्छ l अनि शरीरका अंगले गर्नु पर्ने कामहरु गर्न थाल्छन् l साना र ठुला खाले रगत नली हुँदै आएको सुगर शरीरको अंगको प्रत्येक कोषभित्र छिर्न (घरको ढोका भित्र छिर्न चाबी अवास्येकता भए झैं) insulin को प्रयोग गर्छl Insulin चाहिं pancreas बाट उत्पादन हुन्छ l
-- Diabetes लाग्ने मुख्य गरि दुई कारण हुन्छन्:
(एक) Pancreas ले insulin उत्पादन गर्न नसक्नु जसले गर्दा शरीरको अंगको प्रत्येक कोष भित्र सुगर छिर्न सक्दैन l त्यसपछि खाना खाए पनि शरीर भोकै हुन्छ र सुगर रगतमा जम्मा भएर बसिदिन्छ l यस्तो अवस्थालाई Type I Diabetes भनिन्छ l Type I मा Pancreas मा समस्या भै अब कहिल्यै पनि insulin को उत्पादन हुँदैन र जिन्दगि भर insulin injection नै लिनु पर्छ l Type II Diabetes बिग्रिएर पनि Type I मा परिणत हुन सक्छ l
(दुई) उत्पादन भएको insulin शरीरको कोषले नचिनिदिनु वा प्रतिकार गरिदिनु (चाबिले काम गर्न छाडेकाले ढोका भित्र छिर्न नसकेको जस्तो हुनु) वा यति धेरै खाना खाइयो कि त्यस खानाबाट बनेको सुगरलाई कोष भित्र लैजान Insulin प्रयाप्त नहुनु (कोठाको चाबिले काम त गरेको छ तर कोठामा जाने मानिस नै धेरै हुनु र धेरै जना बाहिरै बस्न पर्ने जस्तो हुनु) l यस्तो अवस्थालाई Type II diabetes भनिन्छ l
२. Diabetes का लक्षणहरु के के हुन् ?
-- Type I र Type II दुबैमा: अति धेरै पिसाब लाग्ने, अति धेरै तिर्खा लाग्ने र अति धेरै भोक लाग्ने l
-- Type I मा तौल घट्न सक्छ र Type II मा अलि बढी आलस्य हुने, थकाई लाग्ने हुन सक्छ तर सबैमा यस्तो नहुन पनि सक्छ l
-- Type I सानै उमेर देखि लाग्ने गर्छ भने Type II (प्राय) अलि ठुलो भएपछी शरीरलाई चाहिने भन्दा धेरै खाना खाएर वा अस्वस्थ कुरा धेरै खाएर शरीरमा बोसो धेरै लाग्न थालेपछि देखिन्छ l
३. Diabetes छ भनेर कसरी थाह पाउने ?
-- सुगर चेक गर्दा fasting (बिहान उठ्ने बित्तिकै केहि नखाएको बेलामा वा दिउँसो कम्तिमा ८ घण्टा केहि पनि नखाएको अवस्थामा) १२६ भन्दा धेरै भएको वा random (कुनै पनि बेलामा) २०० भन्दा धेरै भएको वा खाना खाएको २-३ घण्टा पछि २०० भन्दा धेरै भएको अवस्थामा diabetes भएको मानिन्छ l तर कम्तिमा दुई फरक दिनमा सुगर चेक गर्नु पर्छ l एक दिनको मात्रले हुँदैन l HbA1C ६.५ भन्दा बढी भएको भए पनि diabetes भएको मानिन्छ l HbA1C ले गएको करिब ३ महिनामा रगतमा औसत कति सुगर थियो भनेर पत्ता लगाउँछ l चिन्ता, पिडा, त्रसित भएको अवस्था, अन्य रोग ब्याधि लागेको अवस्था आदिमा पनि कहिले काहीं छोटो समयका लागि (केहि दिन) सुगर बढ्ने गर्छ l त्यसैले HbA1C जांच गर्नु निकै आवस्येक हुन्छ l
४. मलाई diabetes छ तर मैले औषधि खाएको छैन l औषधि नखाई कसरी सुगर कन्ट्रोल गर्ने ?
-- Type I diabetes भए Insulin नलीइ सुखै छैन l यस्तोमा खाने चक्कीले काम गर्दैन l
-- Type II diabetes भएको भए तुरुन्त diet कन्ट्रोल गर्नुस् र कम्तिमा ५ केजी तौल तत्काल घटाउनुस, पेटको साइज घटाउनुस l हप्तामा कम्तिमा २ पटक सुगर चेक गर्दै गर्नुस् l खाना र ब्यायेमको सन्तुलन मिलाउनुस, पानी सकेसम्म धेरै पिउनुस l तर याद गर्नुस् सुगर बढेर रिंगटा लाग्ने बेहोस हुने जस्ता आपातकालीन समस्याहरु पनि आउन सक्छन् l बरु सुरुमा औषधि खाने अनि सुगर कन्ट्रोल गर्दै गएर डाक्टर को प्रत्यक्ष निगरानीमा औषधिको मात्रा घटाउँदै जानु बेस हुन्छ l Type II भएकाले कस्तो कुरा खाने भन्ने कुरा पढ्न यो लिंकमा जानुहोस: https://www.facebook.com/327050557484748/photos/a.327095124146958.1073741828.327050557484748/542710945918707/?type=3&theater
५. Diabetes बिग्रिएर ल्याउने समस्या के हुन्?
-- Type I को हकमा तत्कालै हुन सक्ने आपातकालीन समस्या भनेको यदि insulin लिइएन वा प्रयाप्त भएन भने जति खाना खाए पनि शरीरको कोषले सुगर पाउन सक्दैन l कोषहरु भोकै भएपछी शक्तिको लागि शरीरको आफ्नै अन्य कोषहरु (मांसपेशी, बोसो) नस्ट गर्न थाल्छ l यस्तो असामान्य परिस्थितिले शरीरमा ketones भन्ने तत्व धेरै उत्पादन गरिदिन्छ र रगतमा सुगरको मात्रा पनि बढ्दै जान्छ l जसले गर्दा बान्ता हुने, पिसाब धेरै लाग्ने, स्वास छिटो फेर्नु पर्ने, शरीरमा पानीको मात्रा कम हुने, बेहोस हुने र ज्यानै समेत जान सक्छ l
-- Type II मा समयमा औषधि नलिंदा वा औषधिको मात्रा नपुग्दा रगतमा सुगरको मात्रा धेरै हुन्छ l जसले गर्दा धेरै पिसाब लाग्न गई शरीरमा पानीको मात्रा कम भएर रिंगटा लाग्ने, बेहोस हुने आदि हुन सक्छ र किड्नीमा समेत समस्या ल्याउन सक्छ l
-- Type I र Type II दुबैमा, बर्षौसम्म रगतमा सुगरको मात्रा धेरै भयो भने धेरै दिर्घकालिन समस्या देखिन्छन् l धेरै सुगरको कारण रगत औसत भन्दा धेरै बाक्लो र गरुङ्गो बन्न जान्छ (जस्तै सफा पानी आउने पाइपमा लेदो गरुङ्गो तत्वहरु आएर पाइप नै जाम भए झैँ ) l रगतले नियेमित गर्ने काम जस्तै oxygen ओसार्ने काम लगाएत अन्य धेरै काममा बाधा परिरहेको हुन्छ l रगत बाक्लो र गरुङ्गो भएकै कारण नसाको भित्रिभागमा पनि क्षति पुर्याउछ, स-साना नसामा रगत छिर्न सक्दैन l रगत पुग्नु पर्ने ठाउँमा समयमा रगत नपुग्दा शरीरका धेरै अंगका कोषहरु राम्रोसंग काम गर्न छाडछन् र मर्न थाल्छन् l त्यसपछि घाउ समयमा सन्चो नहुने, हात खुट्टा पोल्ने, झम झम्झम्याउने, आँखामा समस्या ल्याउने, किड्नीको समस्या, heart attack आदि हुन सक्छ l
६, Metformin ले कसरी काम गर्छ ?
-- यो औषधि Type II diabetes लाई मात्र काम गर्छ l Type II diabetes हुने कारणहरु मध्ये (एक) कलेजो (Liver) ले चाहिने भन्दा धेरै सुगर उत्पादन गरिदिनु (जुन पछि आवस्येक परेको बेलामा चाहिन्छ कि भनेर स्टोर गरेर राख्ने गरको हुन्छ); अर्को Pancreas ले उत्पादन गरेको Insulin सोहि कलेजो (liver) र मांसपेशीमा काम नगरिदिनु l जसले गर्दा कोषमा भित्र छिरेर शरीरलाई काम गर्न शक्ति दिनु पर्ने ठाउँमा बाहिरै रगतको नलीमा बसिदिनु l यस्ता दुई थरि अवस्थाले सुगर बढेको भए metformin ले काम गर्छ l तर समस्या कलेजो (liver) मा नभई pancreas ले नै Insulin को उत्पादन गर्न कम गरेको, खानु पर्ने क्यालोरी भन्दा धेरै गुना बढी खाएको, वा उत्पादन भएको insulin शरीरको कोषले उक्त insulin पूर्ण रुपमा नलिइदिने/प्रतिकार गरिदिने भएको भए metformin ले काम गर्दैन l यस्तो अवस्थामा अर्को खाले औषधि जसले insulin उत्पादन गर्न सहयोग गर्छ वा खाएको खानाबाट सुगरमा परिबर्तन गर्न रोक लगाउँछ त्यस्तो खाले औषधिको समेत खानु पर्छl
७. मलाई type II diabetes भएको केहि महिना मात्र भयो l मैले खानाको छाक कम गरेर sugar कन्ट्रोल गर्दा हुँदैन?
-- पहिलो कुरा Type II diabetes कहिले सुरु भएको भन्ने कुरा थाह पाउन गार्हो हुन्छ l भर्खर पत्ता लागेको मात्र हो l बर्षौं सम्मको निरन्तर अधिक क्यालोरी सेवन, कम शारीरिक काम आदिले गर्दा diabetes भएको हो l एक दुई दिनमा हुने कुरो होइन l बर्षौं सम्मको अज्ञानताले वा हेल्चक्राइंले मोटोपन बढ्ने, पेटको साइज बढ्ने; बर्षौंसम्म शरीरलाई चाहिने भन्दा धेरै क्यालोरी खानाले insulin उत्पादन अत्याधिक मात्रामा हुन गई शरीरका कोषले insulin को प्रतिरोध गरिदिंदा यस्तो अवस्था सिर्जना भएको हो l नखाएर सुगरको मात्रा घट्दैन बरु कलेजो (liver) बाट स्टोर भएको सुगर झन् बढी उत्पादन हुन्छ (निस्कन्छ) जसले गर्दा कलेजोले अर्को पटक खाना खाँदा झन् धेरै सुगर स्टोर गर्न थाल्छ l बरु स्वस्थ कुरा खाने तर शारीरिक कामहरु, ब्यायाम आदि गरेर सुगरलाई प्रयोगमा ल्याउनु पर्छ l शरीरलाई आवस्येक पर्ने खाने कुरा जस्तै फलफुल, हरियो सागपात, तरकारी, दुध आदि नखाईदिंदा शरीर झन् थाक्ने, केहि गर्न मन नलाग्ने, मासु र हड्डी कम्जोर हुने आदि समस्या हरु आउनेछन l
८. Diabetes को औषधिले side effect दिन्छ रे ! मैले जडीबुटी र आयुर्वेदिक औषधि खाने विचार गरेको छु l
-- जुन औषधिको effect हुन्छ, त्यसको side effect पनि हुन्छ l यदि side effect गर्दैन भने त्यसले effect पनि गर्दैन l सबै side-effects हरु हामीले बाहिरबाट हेरेर थाह पाउने होइन र सबै खाले side effects हरु महसुस गरिने पनि होइन l side effect गरेको छ छैन, कुन अंगमा गरेको छ भन्ने कुरा विभिन्न अंगले उत्पादन गर्ने तत्वहरु (जस्तै hormone, enzymes आदि ) जांच गरेर, बिभिन्न अन्य टेस्ट र स्क्यान् गरेर मात्र शरीरका भित्रि अंगले गर्नु पर्ने काम ठिक तरिकाले गरेको छ छैन भनेर थाह हुन्छ l
-- यदि Type II diabetes हो र सुगरको जांच प्रत्यक दिन जस्तो गर्न सकिन्छ भने जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोग गर्न सकिन्छ l एउटा मात्र समस्या के हुन्छ भने ति आयुर्वेदिक औषधिहरुमा के के राखिएको छ भन्ने कुरा थाह हुँदैन l र ति तत्वहरुले हामीले थाह नपाउने तर भित्र शरीरमा असर के गरको छ भन्ने कुराको पनि स्वतन्त्र ठुला खाले अध्यन गरिएको हुँदैन l जसले औषधि बनायो उसैको अध्ययनको रिजल्टमा भर पर्नु पर्छl ति आयुर्वेदिक औषधिहरुको कच्चा पदार्थ कुन देशबाट आयो र कसरी बन्यो भन्ने पनि थाह हुँदैनl यदि स्वदेशमै बनेको विस्वासिलो कम्पनीले बनाएको औषधि छ भने खाने सल्लाह दिन्छु l
----------------------
साबधान: तपाईंको आफ्नै डाक्टरको सल्लाह बिना कुनै पनि खाई राखेको औषधि बन्द नगर्नुहोस l यदि आँफु खुसि औषधि बन्द गर्दा वा परिबर्तन गर्दा diabetes बिग्रिएर ज्यानै समेत जाने सम्भावना रहन्छ l कुनै किसिमको हानि भएमा म जिम्मेबार हुने छैनl
@Talk2Kalyan
-----------------------
Comments
Post a Comment