Heart attack का लक्षणहरु

१. Heart Attack का लक्षणहरु के के हुन् ?
२. Heart Attack कसरी हुन्छ?
३. कस कसलाई Heart Attack हुने बढी संभावना हुन्छ ?
४. यसको उपचार कसरी गरिन्छ?
५. Heart Attack हुन नदिन के गर्ने ?
---------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
@Talk2Kalyan
---------------------
१. Heart Attack का लक्षणहरु के के हुन् ?
-- छातीमा अचानक सहनै नसकिने खालको दुखाई हुने, उक्त दुखाई छातीमा एईठन भएको जस्तो, हात्तिनै आएर छातीमा बसेको जस्तो, जिन्दगीमा पहिले कहील्येइ यस्तो खाले पिडा नभएको जस्तो अतिनै पिडादाई दुखाई हुने l
-- यो दुखाई बढ्दै गएर, सर्दै गएर ढाड, कुहिनोमा, पाखुरामा, घांटीमा र च्यापुमा समेत दुख्ने हुन सक्छ l दुखाई, रिंगटा र सास फेर्न गार्हो आदि भएर भएर मर्छु कि जस्तो हुन्छ l दुखाई केहि सेकन्ड देखि केहि मिनेटसम्म रहन्छ l कसैकसैको तत्कालै ज्यान जान सक्छ l
-- कहिले काहीं महिलामा माथि भनिएको लक्षणहरु बाहेक अन्य अलि फरक खालको लक्षणहरु पनि देखा पर्छन् l जस्तै: अचानक बिनाकारण acid reflux (ग्यास्ट्रिक) भएको जस्तो, मन आत्तिएको, सास फेर्न असजिलो भएको, शरीर निकै थकित भएको गलेको जस्तो आदि l

२. Heart Attack कसरी हुन्छ?
-- हाम्रो मुटुले शरीरका सम्पूर्ण अंगलाई जीवित राख्न रक्तसंचार प्रणाली मार्फत शरीरभर रगत पुर्याउछ l यसको लागि मुटुको मांशपेसीले जोडका साथ रगत पम्प गरेर आँफु भन्दा माथि र बाहिर फ्याक्नुपर्छ l यस्तो प्रक्रिया नियमित राख्न एक दिनमा कम्तिमा एक लाख पटक मुटुले पम्प गर्नु पर्छ l मुटुलाई एकछिन पनि थकाई मार्न छुट छैन l यसरी निरन्तर काम गर्दा मुटुको आफ्नै मांशपेसीलाई नियेमित oxygen लगाएत अन्य पोषण तत्व आवस्येक पर्छ l यस्ता पोषण तत्व स-साना रक्तनली (coronary artery) मार्फत मुटुको सम्पूर्ण भागमा सिचाई गरेको हुन्छ l यदि कुनै कारणबश यी स-साना रक्तनली (coronary artery) मा जाम भयो भने, बाज्जियो भने जुन भागमा उक्त रक्तनलीले सिंचाई गर्नु पर्ने थियो त्यो भागका कोषहरू मर्न थाल्छन् l यसलाई heart attack भनिन्छ l
-- चित्रको तल्लो भागमा हेर्नुहोस् l सानो नसालाई ठुलो बनाएर देखाईएको छ l बुझ्ने भाषामा भन्नु पर्दा: जब खानामा fats (घ्रिताम्सको मात्रा), cholesterol को मात्रा बढ़दै जान्छ, दैनिक गर्नु पर्ने ब्यायाम (exercise) गरिँदैन तब शरीरको तौल बढ्छ र पेट लाग्दै जान्छ l शरीरलाई चाहिने भन्दा बढी खाएको ति घ्रिताम्स तत्वहरु रगतनलीमा गएर पत्रा-पत्रा भएर जम्मा हुन्छन् र रक्त संचारमा बाधा पुर्याउँछन् l जसले गर्दा थोरै दौडदा वा अलि गार्हो काम गर्दा मुटु चसक्क पोल्न सुरु हुन्छ l समयमै उपचार नगर्दा र अझ त्यसमाथि चुरोट पिउने बानी हुन्छ, मधुमेह, उच्चरक्तचाप आदि छ भने उक्त रक्तनली झन् साँघुरो हुँदै जाने गर्छ l कहिले काहीं त्यो जम्मा भएको घ्रिताम्सको पत्रा एक भागबाट टुक्रन्छ र नलीमा गएर अड्किएर रगत संचारमा बाधा पुर्याउँछ l त्यसपछि शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छन् र बिभिन्न किसिमका प्रतिरक्षा प्रणालीका तत्वहरु आएर त्यस ठाउँमा आक्रमण गर्छन्, रक्त नली झन् साँघुरो हुँदै जान्छ, रगत झन् झन् जम्न थाल्छ र रक्त संचार पूर्ण रुपमा बन्द हुन्छ l यो कुराको संकेत दिमागमा पुग्छ र पिडा भएको महसुस हुन्छ l 

३. कस कसलाई Heart Attack हुने बढी संभावना हुन्छ ?
-- Cholesterol, fats (घ्रिताम्स/चिल्लो) धेरै भएको खाना खानेलाई 
-- उच्चरक्तचाप भएकोलाई 
-- मधुमेह भएकोलाई
-- शारीरिक ब्यायाम कम गर्नेलाई, लामो समय एकै ठाउँमा बसेर काम गर्नेलाई
-- पेटमा बोसो धेरै हुनेलाई, खानपिनको तुलनामा कम ब्यायाम गर्नेलाई, शरीरको तौल अत्याधिक बढ्नेलाई
-- चुरोट पिउनेलाई
-- बढ्दो उमेर
-- बंशाणुगत वा परिवारको सदस्यमा मुटुको रोगहरु भएकोलाई
-- अन्य
   
४. यसको उपचार कसरी गरिन्छ?
-- यसको उपचार भनेको सकेसम्म चांढो बाझिएको, जाम भएको रक्तनली खोल्ने होl Heart attack को लक्षण देख्ने बित्तिकै तुरुन्त emergency room मा लग्नु पर्छ l घरमा aspirin छ भने खानुस् l Aspirin मुखले चबाउनु पर्छ (सिङ्गै निल्ने होइन)l Hospital नपुर्याउँदासम्म पटक पटक गरेर खान सकिन्छ तर बढीमा ८-१० वोटा सम्म (४००० मिलि ग्राम सम्म) l Aspirin ले दुखाई कम गर्नुको साथै रगत थप जम्ने प्रक्रिया पनि कम गरिदिन्छ l (याद गर्नुस् heart attack भएर लडेर टाउकामा गहिरो चोट लागेको छ भने Aspirin खान हुँदैन l Aspirin ले झन् रगत बग्ने बनाउन सक्छ l Aspirin जथाभाबी खान हुने औषधि होइनl Heart attack भएर मर्नु भन्दा बरु अरु समस्या भए होस् भनेर emergency को बेलामा जोखिम लिएर पटक पटक धेरै मात्रामा खान सल्लाह दिएको मात्र हुँ र यो औषधिले सम्पूर्ण समस्याको समाधान गर्ने पनि होइन l)
-- Hospital पुगेपछि heart attack हो होइन भनेर पत्ता लगाउन EKG गरिन्छ (चित्रको देब्रे भागमा किरमिरे धर्सो) l यस संगै रगत जांचहरु पनि गरिन्छ l  जब रगत नपाएर मुटुको मांशपेशी मर्छन् तब ति मरेका कोषहरूबाट धेरै किसिमका तत्वहरु बाहिर निस्कन्छन् जुन रगत जांच गर्दा पत्ता लाग्छ l यदि heart attack भएको पत्ता लागेमा वा थोरै शंका मात्र लागेमा जाम भएको रक्तनलीलाई अलि फुकाउने र थोरै भएपनि रगत पास हुन दिने औषधि र जाम भएको रगतको टुक्रालाई फुटाउने र थप रगत जम्न नदिने  खालको औषधि दिइन्छ l एक पटक heart attack भएपछी तुरुन्तै वा केहि दिनमै अर्को हुने सम्भावना पनि रहन सक्छl   
-- यदि यी सबै गर्दा समाधान नहुने भए कम्मर मुनिको रगतको नली हुँदै गएर जाम भएको मुटुको रगत नली खोल्ने गरिन्छ या ठुलो खाले शल्यक्रिया मार्फत खुट्टाको रक्तनली वा शरीरको अन्य भागको रक्तनली निकालेर मुटुको रक्तनलीमा लगेर जोडिन्छ जसले गर्दा लामो समय रगत जमेर वा अन्य कारणले काम नगर्ने अवस्थमा भएको रक्तनलीलाई bypass गरेर रक्तसंचार पुन सुचारु गरिन्छ l
-- यदि समयमा उपचार गर्न सकिएन र मुटुको धेरै भागमा रगत संचार नभई मुटुको मांशपेसीकोषहरु मर्दै गए भने मुटुले रगत पम्प गर्न सक्दैन, मुटु भित्रै बिधुतीय तरंगबाट चल्ने धड्कनमा समस्या आउँछ र व्यक्तिको ज्यान जान सक्छ l कसैको उत्तिखेरै मृत्यु हुने गर्छ भने कसैको केहि घण्टा वा केहि दिन लाग्न सक्छ l   

५. Heart Attack हुन नदिन के गर्ने ?
-- ६ फिट भन्दा कम उचाई छ भने तौल ७० केजी भन्दा कम बनाउने
-- हप्तामा कम्तिमा ४ दिन ३०-४५ मिनेट हल्का दौडने (jogging)
-- उच्चरक्तचाप र मधुमेहको उपचार बेलैमा गर्ने
-- चुरोट पिउन छाड्ने
-- खाना पकाउँदा सकेसम्म कम तेल हाल्ने, तेलमा चुर्लुम्म डुबाएर पकाएको खाने कुरा नियमित रुपमा नखाने, घिउको प्रयोग कम गर्ने, डाल्डा घिउ नखाने
-- दुधको तर काटेर खाने, अण्डाको पहेंलो भाग नखाने
-- माछा मासु खाँदा पोलेर/bake/grill गरेर खाने
-- खानामा नुन सकेसम्म कम राख्ने, चिनी राखेर बनाएको कुरा सकेसम्म नखाने
-- काँचो खान सकिने तरकारीहरू (काउली, ब्रोकली, बन्दा, साग, मुला, गोलभेंडा आदि) पखालेर सकेसम्म धेरै खाने, नसके उसिनेर/boil/steam/bake/grill गरेर खाने (जस्तै: च्याउ, डल्ले खोर्सानी, जुकिनी फर्सी, आलु, पिडालु आदि) 
-- खाना खाँदा भातको, तरकारीको र दालको साइज बराबरको बनाएर खाने l अर्थात् दाल(३३%), भात(३३%), तरकारी(३३%) र अचार (१%) को मात्रा बनाउनेl

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika