पिंडौला फर्कने समस्या (leg cramps) के कारणले

१. पिंडौला फर्कने समस्या (leg cramps) के कारणले हुन्छ?
२. राती सुत्दा पिंडौला फर्कने समस्याको उपचार कसरी गर्ने ?
३. दिउँसो हिडेको बेलामा वा दौडेको बेलामा पिंडौला फर्कने समस्याको उपचार कसरी गर्ने?
४. पिंडौला फर्कने समस्या (leg cramps) को लागि के खाने के नखाने?
-------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan
-------------------------
१. पिंडौला फर्कने समस्या (leg cramps) के कारणले हुन्छ?
-- हाम्रो शरीरका मांशपेशी मसिना मासुका रेसाहरु (muscle fibers) ले बनेका हुन्छन् l ति मसिना रेसाहरु (muscle fibers) मा बिभिन्न तत्वहरु (खनिज-electrolyte) भित्र जाने र बाहिर आउने गर्छन जसले गर्दा विधुतीय तरंग उत्पादन हुन्छ l सोहि विधुतीय तरंगको सहायतामा मांसपेशी तन्कने र खुम्चने (relaxation-contraction) हुन्छ l यहि प्रक्रियाका कारण हामीले हात-खुट्टा चलाउने, हाँस्ने, उचाल्ने, दौडने, बस्ने-उठ्ने आदि कार्य गर्न सक्छौ l मुटुको मांशपेशी पनि यहि प्रक्रियाले चलेको हुन्छ l उक्त मांसपेशीका रेसाहरुलाई चलायमान राख्न धेरै खनिज (electrolytes) र अन्य तत्वले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गरेका हुन्छन l ति मध्य केहि प्रत्यक्ष रुपमा सहयोग गर्ने खनिजहरु (minerals-electrolytes): magnesium, calcium, potassium, र sodium ; अप्रत्यक्ष रुपमा सहयोग गर्ने तत्वहरु: vitamins, पानी हुन l

२. राती सुत्दा पिंडौला फर्कने समस्याको उपचार कसरी गर्ने ?
-- रातीको समयमा पिंडौला फर्कने समस्या प्राय magnesium को कमिले हुने गर्छ l Magnesium ले relaxation (खुलाउने) काम गर्छ र Calcium ले contraction (खुम्च्याउने) काम गर्छ l यी दुईको balance राम्रो नहुदा वा magnesium कमीले calcium एक ठाउँमा बढी थिग्रिएर बस्ने कारणले राती अचानक पिंडौलाको मांसपेशी खुम्चने (contraction हुने) तर नखुल्ने (relax नहुने) सम्भावना बढ्छ l जसले गर्दा पिंडौलाको मांसपेशी एकदमै खुम्चेर सहनै नसक्ने गरेर दुख्ने गर्छ l यो प्रक्रियालाई शरीरले "मलाई केहि कुराको कमि भएको छ" भनेको हो भनेर बुझ्नु पर्छ l
-- यस्तो बेलामा रगत जांच गर्दा रगतमा magnesium र calcium को level normal हुन पनि सक्छ तर त्यसो भन्दैमा जहाँ ति तत्व पुगेर काम गर्नु पर्ने हो त्यहाँ पनि normal मात्रामै छ भनेर बुझ्नु हुँदैन l अर्थात् रगतमा ठिक मात्रामा भएपनि मांसपेशीमा ठिक मात्रामा नहुन सक्छ l शरीरमा पानीको कमि, उचित शारीरिक ब्यायामको कमि, vitamins को कमि, झाडा-पखाला वा अन्य धेरै कारणले magnesium र calcium को balance मा घटबढ पार्न सक्छ l
-- यदि पिंडौला फर्कने समस्या महिनामा पटक-पटक हुने गर्छ भने magnesium oxide 400 mg वा magnesium oxide र calcium carbonate को छुट्टा-छुट्टै वा दुवै एक tablet मा भएको औषधि पिंडौला फर्केको अर्को ३-४ दिन सुत्नु अगाडी (खाना खाएको १ घण्टा पछाडी) लिनु बेस हुन्छ l त्यसपछि खानकी (diet) बाट सुधार गर्नु पर्छ l सोहि बेलामा multivitamin tablet दिनको एउटा बिहानपख लिनु राम्रो हुन्छ l (**गर्भवति र दिर्घरोगीले डाक्टरको सल्लाह बिना magnesium oxide खानु हुँदैन **) l

३. दिउँसो हिडेको बेलामा वा दौडेको बेलामा पिंडौला फर्कने समस्याको उपचार कसरी गर्ने ?
-- दिउँसो खेलकुद खेल्दा, हिंड्दा वा दौडदा यस्तो भय प्राय potassium, sodium, र पानीको कमीले हुने गर्छ l तर कसै कसैलाई Magnesium र Calcium को कमीले पनि हुन सक्छ l
-- खेलकुद खेल्नेले, घरबाहिर दिनभर काम गर्नेले वा दौडनेले Sports drinks (जस्तै Gatorade, Powerade, Maximus) पिउँदा राम्रो हुन्छ l (Redbull जस्तो energy drink भन्न खोजेको होइन; यस्ता energy drink ले झन् potassium र sodium कमि गरिदिन सक्छन l)
-- त्यस्ता sports drink उपलब्ध नभए खानकी (diet) बाट ति तत्वको पूर्ति गर्नु पर्छ र पानी प्रसस्त (३-४ लिटर) पिउनु पर्छ l यसो गर्दा पनि भएन भने Magnesium र Calcium को supplement (औषधि) लिनु पर्छ l
-- कसै गर्दा पनि भएन र लक्षण झन्-झन् बढ्न वा छिटो-छिटो आउन थाल्यो, हल्का हिंडडुल गर्दा पनि पिंडौला दुख्न थाल्यो र उमेर ४० नाघेको छ भने तुरुन्त डाक्टरकोमा जानुपर्छ l रगतको नसा बाझिने समस्या (peripheral arterial disease) भएको हुन पनि सक्छ l

४. पिंडौला फर्कने समस्या (leg cramps) को लागि के खाने के नखाने?
-- पानी दिनको सरदर ३ लिटर पिउने; पिंडौला फर्केको केहि दिनसम्म कम्तिमा ४ लिटर पिउने
-- नियमित रुपमा खानु पर्ने फलफूल (वा फलफूलका रसहरु) : केरा, मेवा, आँप, सुन्तला, भुँइकटर, खर्बुजा, नासपती आदि
-- नियमित रुपमा खानु पर्ने तरकारी: उसिनेको आलु (बोक्रा नछोड़याई), उसिनेको शखरखण्ड (बोक्रा नछोड़याई), च्याउ, फर्सी, ब्रोक्ली, साग, गेडागुडी आदि
-- अन्य खानाहरु: दहि, cheese, dark chocolate, almonds, दाल, माछा
-- रक्सि कम गर्नुस वा बन्दै गर्नुस; ब्यायाम गर्नु अगाडी हात खुट्टा राम्रोसंग stretch गर्नुस;

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika