पायल्स (piles) भनेको के हो ?

१. पायल्स (piles) भनेको के हो ?
२. Internal र external piles (पायल्स)/ hemorrhoids (हिमोरइड) मा के फरक छ ?
३. पायल्स (piles)/hemorrhoid (हिमोरइड) का लक्षणहरु के के हुन?
४. Fissure र पायल्स (piles)/hemorrhoid (हिमोरइड) मा के फरक छ ?
५. पायल्स (piles)/hemorrhoid (हिमोरइड) उपचार कसरी गर्ने?
६. मेरो दिसा गर्दा रगत आउछ के कारण होला? के गर्ने होला ?
७. पायल्स (piles)/hemorrhoid (हिमोरइड) को अप्रेसन गर्दा झन् cancer हुन्छ भनेको सुनेको छु l के यो सत्य हो ?
८. के एक पटक भएको पायल्स (piles)/hemorrhoid (हिमोरइड) अप्रेसन पछि पनि आउने सम्भावना रहन्छ?
९. पायल्स (piles)/hemorrhoid (हिमोरइड) हुनै नदिने उपाय के हुन?
१०. Fiber युक्त खाना के के हुन?
--------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
@Talk2Kalyan
--------------------------
१. पायल्स (piles) भनेको के हो ?
-- अंग्रेजी भाषामा pile भन्नाले जम्मा भएको वा थुप्रो हुन्छ l अब रोगको नाम piles वा प्रचलित मेडिकल भाषामा भनिने hemorrhoids (हिमोरइड) को बारेमा चर्चा गरौँ l (पोष्टको चित्र हेर्नुहोस: बाँसको ढुङ्ग्रालाई ठाडो बिचमा चिरेर हेर्दा देखिने भित्रको आधा भाग जस्तै गरी गुरुद्वारलाई ठाडो बिचमा चिरेर देखाईएको आधा भाग हो)l दिसा बाहिर आउने ठाउँ (गुदद्वार) को भित्रपट्टि भागमा रगतका नलीहरुबाट (चित्रमा रातो धर्सो) माथि देखि तलसम्म रक्तसंचार भएको हुन्छ l यी रक्तनलीका बाहिर कोषहरुका तह हुन्छन् (चित्रमा माथिल्लो निलो र तल्लो खैरो धर्सो) l जब बर्षौंसम्म अति मोटोपन या खानामा fiber को कमीले या अन्य कारणले कब्जियेत (constipation) हुन्छ या दिसा गर्न अप्ठ्यारो हुन्छ, धेरै कनेर दिसा गर्नु पर्ने हुन्छ, गर्भवती हुँदा गुदद्वारको भित्रि भागमा असर हुन्छ या अत्यधिक diarrhea हुन्छ तब ति रक्तनली बाहिरका कोषहरू सुन्निन थाल्छ, रक्तनली झोल्लिन थाल्छ l यो प्रक्रिया लामो समय (बर्षौ सम्म) रहयो भने मासु पलाएको जस्तो गरी गुरुद्वार बाहिर आउन थाल्छ, झोल्लिन्छ, थुप्रो परेर बसेको जस्तो देखिन्छ जसलाई piles/ hemorrhoid (हिमोरइड) भनिन्छ l

२. Internal र external piles (पायल्स)/ hemorrhoids (हिमोरइड) मा के फरक छ ?
-- (पोष्टको चित्र हेर्नुहोस) गुदद्वारको माथिल्लो भाग (चित्रमा तेर्सो/horizontal सुन्तला रंगको रेखा/ dentate line भन्दा माथि) मा हुने piles (पायल्स)/hemorrhoids (हिमोरइड) लाई internal piles (पायल्स)/ hemorrhoids (हिमोरइड) भनिन्छ l Dentate line भन्दा तल हुनेलाई external piles (पायल्स)/hemorrhoids (हिमोरइड) l उक्त रेखा (dentate line) भन्दा माथि internal hemorrhoid बन्ने ठाउँमा पोलेको, घोंचेको, तन्किएको वा कुनै पनि किसिमको दुखाईको संकेतहरु गुदद्वारबाट दिमागमा लैजाने नसाहरु हुँदैनन् जसले गर्दा यो भागमा दुखाईको महसुस हुँदैन (चित्रमा निलो रेखा) l तर गुदद्वारको तल्लो भागमा भने हाम्रो शरीरको बाहिरी छालामा भएको जस्तै दुखाई महसुस हुने नसाहरु हुने गर्छन् (चित्रमा खैरो रेखा) l त्यसैले गर्दा internal hemorrhoid दुख्दैन र external hemorrhoid दुख्छ l
-- Internal hemorrhoid चार किसिमका हुन्छन l Grade 1: गुदद्वारभित्रै हुने सानो हुनाले बाहिर ननिस्कने (चित्रमा Internal 1 )। Grade 2: दिसा गर्दा बाहिर निस्कने त्यसपछि आँफै भित्र जाने । Grade 3: भाहिर निस्कने तर धकेलेर भित्र घुसाउन सकिने । Grade 4: सँधै बाहिर हुने, धकेलेर भित्र पसाल्न नसकिने (चित्रमा Internal 4 ) ।
-- External hemorrhoid: यो सँधै बाहिर रहन्छ l अति सारो दुख्छ।

३. पायल्स (piles)/ hemorrhoid (हिमोरइड) का लक्षणहरु के के हुन?
-- दिसा गर्दा दुख्ने, रगत आउने (कालो आएको भए आन्द्राको माथिल्लो भागतिर वा पेटतिरबाट आएको हुनसक्छ), चिलाउने, सुन्निने, दिसा चुहिएको जस्तो हुने, दिसा खलास राम्रोसंग नहुने, मासु पलाएको जस्तो झोल्लिने आदि।

४. Fissure र पायल्स (piles) / hemorrhoid (हिमोरइड) मा के फरक छ ?
-- कारक तत्व र लक्षणहरु दुबैमा प्राय एकै खाले हुन्छन् । अंग्रेजी भाषामा Fissure भनेको धाँजा फाट्नु वा चिरा पर्नु भनेर बुझिन्छ। गुदद्वार नजिक (ब्लेडले काटेको जस्तो) चिरा पर्नुलाई "एनल फिसर" भनिन्छ। Fissure मा hemorrhoid मा जस्तो मासु झोल्लिने हुँदैन।

५. पायल्स (piles)/ hemorrhoid (हिमोरइड) उपचार कसरी गर्ने?
-- उपचार व्यक्तिको लक्षणमा भर पर्छ l यदि रगत आएको छैन र दुख्दैन पनि भने diet परिबर्तन गर्ने (खानामा fiber को मात्रा बढाउने), constipation हुन नदिने l
-- रगत आउँछ र दुख्छ भने डाक्टरकोमा गएर कस्तो किसिमको पायल्स (piles) वा hemorrhoid (हिमोरइड) हो भनेर पत्ता लगाउने l याद गर्नुस् जुन कारणले पायल्स (piles)/hemorrhoid (हिमोरइड) भएको हो सोहि कारणले आन्द्रामा अन्य समस्या पनि भएको हुन सक्छ l Ulcer, cancer लगाएत अन्य धेरै समस्या पनि भएको हुन सक्छ l यस कारणले गर्दा पनि पायल्स (piles)/hemorrhoid (हिमोरइड) को उपचार गर्ने बेलामा colonoscopy गरेर तल्लो पट्टि आन्द्राको सम्पूर्ण भाग हेर्नु पर्छ l सबैलाई अन्य खाले समस्या (ulcer, cancer आदि) नभए पनि कसै कसैलाई यस्तो हुने गर्छ l त्यसैले रोगको मुख्य कारण र आन्द्रामा अरु के के भै राखेको छ भन्ने कुराको पत्ता नलगाई लक्षणको मात्र उपचार गर्दा पछि गएर cancer वा अन्य भयानक रोग निस्कन सक्छ र उपचार गर्न ढिलो भैसकेको हुन सक्छ l
-- यदि पायल्स (piles)/hemorrhoid (हिमोरइड) नै भएको र आन्द्रामा अन्य समस्या नभएको भए पहिला नदुख्ने खाले औषधि (ibuprofen, aspirin खाले बाहेक), hemorrhoid सुन्निन कम हुने खाले औषधि, गुदद्वारमा भएको अप्ठेरो वा दुखाईको संकेतलाई दिमागमा लैजाने नसालाई लठ्याउने खाले औषधि, hemorrhoid को रगत नली खुम्च्याउने खाले औषधिहरुको पर्योग गर्ने l प्राय औषधिहरु लगाउने खालका हुन्छन्l साथमा fiber भएको खाना वा fiber supplement नियमित खाने, constipation हुन नदिने l
-- Internal hemorrhoid को उपचार rubber band ligation, sclerotherapy, laser therapy, वा Hemorrhoidectomy (hemorrhoid अप्रेसन गरेर निकाल्ने) वा अन्य खालका अप्रेसनद्वारा पनि गरिन्छ l
-- External hemorrhoid को उपचार पनि Hemorrhoidectomy (hemorrhoid अप्रेसन गरेर निकाल्ने) वा अन्य खालका अप्रेसन गरेर गरिन्छ l कहिले काहीं external hemorrhoid मा रगत र रगत फाटेको टुक्रा जम्मा भएर निलो झोली परेको अवस्थामा doctor ले सुईद्वारा उक्त रगत निकाल्ने पनि गर्छन् l

६. मेरो दिसा गर्दा रगत आउछ के कारण होला? के गर्ने होला ?
-- रगत आउने कारण धेरै हुन सक्छन् l (प्राय) रगत रातो ताजा (fresh) रगत हो भने गुदद्वार नजिकैको आन्द्राबाट आएको र कालो आएको भए अलि माथि लगभग पेट नजिकबाट आएको हुन्छ l के कारणले आयो, ulcer, cancer वा जिबाणुको आक्रमणले हो कि वा अन्य कारणले हो भन्ने कुरा पत्ता लगाउन colonoscopy (कहिलेकाहीं endoscopy सहित) गरेर हेर्नु पर्छ l

७. पायल्स (piles)/ hemorrhoid (हिमोरइड) को अप्रेसन गर्दा झन् cancer हुन्छ भनेको सुनेको छु l के यो सत्य हो ?
-- होइन l कसै कसैलाई माथिको #५ मा भनेको जस्तो हुन गई पायल्स (piles) / hemorrhoid (हिमोरइड) र cancer दुवै एकै पटक भएको हुन सक्छ l Cancer पछि गएर मात्र पत्ता लागेको हुन सक्छ l

८. के एक पटक भएको पायल्स (piles)/hemorrhoid (हिमोरइड) अप्रेसन पछि पनि आउने सम्भावना रहन्छ?
-- रहन्छ l (चित्रको रातो धर्सो हेर्नुहोस) गुदद्वार भित्र धेरै रक्तनलीहरु हुने गर्छन् l सबैमा एकै पटक पायल्स (piles)/hemorrhoid (हिमोरइड) प्राय हुँदैन l जुनमा भएको छ त्यसको उपचार पछि पनि जुन कारणले पहिला पायल्स (piles)/hemorrhoid (हिमोरइड) भएको थियो त्यो मुख्य कारणको समाधान नगर्दासम्म बल्झिरहने सम्भावना रहन्छl पहिला नभएको ठाउँमा पनि पायल्स (piles)/hemorrhoid (हिमोरइड) हुन सक्छ l

९. पायल्स (piles)/hemorrhoid (हिमोरइड) हुनै नदिने उपाय के हुन?
-- १००% रोक्ने उपाय त हुँदैन तर constipation (कब्जियेत) मात्र रोक्न सकियो भने पायल्स (piles) / hemorrhoid (हिमोरइड) हुन बाट धेरै हदसम्म बच्न सकिन्छ l constipation (कब्जियेत) हुन नदिने उपायहरु:
* खानामा fiber को मात्रा महिलाले कम्तिमा २५ ग्राम र पुरुसले कम्तिमा ३५ ग्राम सेवन गर्ने l नसके फार्मेसीमा वा हर्बल वा आयुर्वेदिक पसलमा गएर कृतिम रुपमा बनाइएको fiber supplement किनेर खाने l
* दिनको ३०-४५ मिनेट हल्का दौडने (jogging) वा १ घण्टा खेलकुदमा भाग लिने
* पानी/तरल पदार्थ ३-४ लिटर जति पिउने l यदि दैनिक रुपमा कृत्रिम fiber खानुहुन्छ भने पानी/तरल पदार्थ ४ लिटर कम्तिमा पिउनु पर्छ नत्र यसले गर्न खोजेको भन्दा झन् उल्टो काम गर्न सक्छ l झन् constipation (कब्जियेत) बढाई दिने र दिसा गर्न गार्हो हुने र रगत आउने हुन सक्छ l
* दिनको एक कप दहि खाने l
* सुत्नु अघि ३ घण्टा अघि देखि खाना नखाने (दहि वा फलफुल खाँदा हुन्छ)

१०. Fiber युक्त खाना के के हुन?
-- दिनमा महिलाले कम्तिमा २५ ग्राम र पुरुसले कम्तिमा ३५ ग्राम fiber खानु पर्छ l जति मासु या बजारका खाना या चिल्ला खाले खाना धेरै खानु हुन्छ र जति शारीरिक व्यायाम कम गर्नु हुन्छ त्यतिनै बढी fiber युक्त खाना धेरै खानु पर्छ l (हिसाबको लागि १ कप = ३४० ग्राम)
* विभिन्न खाले बाक्लो बोडी वा बिभिन्न खाले बाक्लो दाल १ कपमा = सरदर १५ ग्राम fiber
* फलफुल एउटा केरा (ठुलो), एउटा आँप (मझौला) वा अन्य फलफुल सोहि साइजको हिसाबमा = सरदर ३ ग्राम fiber
* ब्रोकली, मुला, साग लगाएत अन्य हरिया तरकारी १ कपमा = सरदर ५ ग्राम fiber
* गहुँ, जौ ले बनेको १ कपमा = सरदर ६ ग्राम fiber
* बदाम, almond, लगाएत बिभिन्न खाले बदाम २५ ओटामा = सरदर ३ ग्राम fiber

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika