Thyroid को समस्या कसरी सुरु हुन्छ ?
१. Thyroid को समस्या कसरी सुरु हुन्छ ?
२. Hypothyroidism भनेको के हो? यसका कस्ता लक्षण हुन्छन?
३. Hyperthyroidism भनेको के हो? यसका कस्ता लक्षण हुन्छन?
४. उपचार कसरी गरिन्छ ?
५. मेरो lab result सबै normal छ तर hypothyroidism को प्राय सबै लक्षणहरु मिल्छन् l अब के गरु ?
६. मैले lab अनुसार औषधि खान्छु तर मेरो लक्षण जस्ताको तस्तै छ l
७. के thyroid hormone खान थाले पछि जिन्दगिभर खानु पर्छ ?
८. के thyroid को समस्याले महिलामा बाँझोपन हुने (गर्भ नरहने) हुन्छ?
-------------------------
@Talk2Kalyan
-------------------------
१. Thyroid को समस्या कसरी सुरु हुन्छ ?
-- पहिले thyroid ले कसरी hormone उत्पादन गर्छ भनेर जानौं l यसको करिब ५ तहको प्रक्रिया छ l (एक) शरीरमा thyroid hormone (T3, T4) को मात्रा घटेको वा बढेको भन्ने संकेत दिमागको hypothalamus (चित्रको सबैभन्दा माथिको रातो) भन्ने ठाउँमा पुग्छ l (दुई) यदि hormone शरीरले प्रयोग गरेपछि घटेको भए उक्त hypothalamus ले TRH (thyrotropin releasing hormone) उत्पादन गर्छ र ठिक आँफु मुनि भएको pituitary gland मा पठाउँछ (चित्रको सबैभन्दा माथिको निलो) l (तीन) Pituitary gland ले TSH (thyroid stimulating hormone) उत्पादन गर्छ अनि thyroid gland मा पठाउँछ (चित्रको तलको सुन्तला रंगको) l (चार) त्यसपछि thyroid gland ले T4 उत्पादन गर्छ (साथमा थोरै T3 पनि संगै उत्पादन गर्छ) l (पांच) T4 शरीरको विभिन्न भागमा पुगेर T3 बन्दछ l
= low T3 / T4 in body---->(signal to brain)----> Hypothalamus----(produces TRH)-----> Pituitary----(produces TSH)-----> Thyroid gland-------(produces T4)-------free T4---------> free T3
-- अब यो ५ तहको प्रक्रियामा एक ठाउँमा मात्र समस्या हुन गयो भने पनि hormone को मात्रा ह्वातै घट्ने वा ह्वातै बढ्ने हुन सक्छ l जस्तै brain मा (hypothalamus वा pituitary मा) tumor भयो भने TRH को र TSH को दुबैको मात्रा बढ्न सक्छ l जसले गर्दा thyroid gland ले धेरै T4 (र साथमा थोरै T3 पनि) उत्पादन गर्छ अनि hyperthyroidism हुन्छ l वा कुनै कारणबस brain मा (hypothalamus वा pituitary मा) समस्या भएर TSH तल नजाँदा Thyroid gland ले T4 उत्पादन नगर्दा hypothyroidism हुन सक्छ l Hypothyroidism र Hyperthyroidism हुने अन्य कारण पनि हुन्छन् l ति मध्ये केहि तल पनि लेखिएको छ l
२. Hypothyroidism भनेको के हो? यसका कस्ता लक्षण हुन्छन?
-- बिभिन्न कारणले शरीरमा thyroid hormone कम भएको वा thyroid hormone ले गर्नु पर्ने भन्दा काम काम नगरेको अवस्थालाई hypothyroidism भनिन्छ l यसको जांच रगतमा TSH, T3 र T4 को मात्रा परिक्षण गरेर गरिन्छ l यदि TSH धेरै छ तर T4 कम छ भने hypothyroidism भएको मानिन्छ l
-- यस्तो TSH धेरै र T4 कम हुनुमा दुई मुख्य करण हुन सक्छन् l (पहिलो) हाम्रो immune system (antibodies/रोग प्रतिरोधात्मक तत्व) ले बाहिरबाट आएको खराब जीवाणुलाई आक्रमण गर्नु पर्ने सट्टामा आफ्नै thyroid gland माथि आक्रमण गर्नु र hormone उत्पादन गर्नमा बाधा पुर्याउनु l यसलाई Hashimoto's thyroiditis वा hashimoto रोग भनिन्छ जसले hypothyroidism गराईदिन्छ l यस्तो अवस्थामा thyroid peroxidase antibodies (TPO antibodies) को पनि जांच गर्नु पर्छ l
-- (दोस्रो कारण) thyroid gland मा iodine को कमि जसले गर्दा T4 बन्ने प्रक्रिया नै अधुरो हुन्छ l वा अन्य कारण जसले T4 लाई ------> T3 मा बदल्न बाधा पुर्याउछ l
-- Hypothyroidism को लक्षणहरु यस प्रकार हुन्छन: अतिनै थकान हुने, जाँगर नचल्ने, केहि शरीरक काम गर्न मन नलाग्ने, निन्द्रा धेरै लाग्ने, शरीरको तौल ह्वात्तै बढ्ने, चिसो सहन नसक्ने, कब्जिएत भइराख्ने, महिलामा मैनाबारी (प्राय) early, frequent र heavy
३. Hyperthyroidism भनेको के हो? यसका कस्ता लक्षण हुन्छन?
-- बिभिन्न कारणले शरीरमा thyroid hormone धेरै भएको अवस्थालाई hyperthyroidism भनिन्छ l यसको जांच रगतमा TSH, T3 र T4 को मात्रा परिक्षण गरेर गरिन्छ l रगत जांच गर्दा TSH कम र T4 धेरै देखिन्छ l यस्तो हुनु मख्य तीन कारण हुन्छन l
-- (पहिलो) हाम्रो immune system (antibodies/रोग प्रतिरोधात्मक तत्व) ले बाहिरबाट आएको खराब जीवाणुलाई आक्रमण गर्नु पर्ने सट्टामा आफ्नै thyroid gland माथि आक्रमण गर्नु र hormone उत्पादन अत्याधिक गरिदिनु l यसलाई Graves' disease (ग्रेभ्स वा ग्रिभ्स रोग) भनिन्छ l यसमा antibodies/रोग प्रतिरोधात्मक तत्वले TSH को जस्तै व्यवहार गरिदिन्छ र (चित्र हेर्नुहोस) माथिबाट TSH आएपछि मात्र thyroid hormone (T4) उत्पादन गर्नु पर्ने सट्टामा TSH नहुँदा पनि antibodies/रोग प्रतिरोधात्मक तत्व उपस्थितिमा hormone उत्पादन गर्न थालिदिन्छ l (गाउँ घरमा दुध दुहुँदा भैंसीले एक जनालाई (घरमुलीलाई) मात्र दुध दिने गरेको अवस्थामा घरमुली नहुँदा कोहि दोस्रो मानिसले घरमुलीको जस्तै कपडा लगाएर जाँदा भैंसीले दुध दिने गरेको देख्नु भएको छ? ठ्याक्कै त्यस्तै भो यहाँ l) यस्तो अवस्थामा TSAb (thyroid stimulating antibodies) को पनि जांच गरिन्छ l
-- (दोस्रो कारण) thyroid gland मा गिर्खाहरु र गाँठाहरु बनिदिनाले र (तेस्रो) thyroid gland सुन्निएको अवस्थामा
-- Hyperthyroidism का लक्षणहरु यस प्रकार हुन्छन: (माथिको hypothyroidism को लक्षणहरु संग तुलना गर्नुहोस) आत्तिने समस्या हुने, शान्त मन राख्न नसक्ने, मुटुको धड्कन बढेको जस्तो हुने, निन्द्रा नपर्ने, शरीरको तौल घट्ने, हल्का तातो वा गर्मि सहन नसक्ने, मैनाबारी (प्राय) late, less frequent र lighter.
४. उपचार कसरी गरिन्छ ?
-- Hypothyroidism मा thyroixine hormone (synthetic T4) औषधिको प्रयोग गरिन्छ l जुन शरीरमा गएर T3 बन्दछ l यदि T4 लाई ----->T3 मा राम्ररी बदल्न नसकेको भए T3 hormone वा T4/T3 भएको hormone प्रयोग गरिन्छ l
-- Hyperthyroidism मा thyroid gland मा thyroid hormone (T4 ) बन्न नदिने खाले औषधि जस्तै methimazole, propylthouracil आदिको प्रयोग गरिन्छl औषधि खाएर भएन भने अपरेसन गरेर thyroid निकालिन्छ l यसपछि thyroid ले कुनै पनि hormone बनाउन सक्दैन र जिन्दगीभर Hypothyroidism भएकाले खाने औषधि खानु पर्छ l
५. मेरो lab result सबै normal छ तर hypothyroidism को प्राय सबै लक्षणहरु मिल्छन् l अब के गरु ? ६. मैले lab अनुसार औषधि खान्छु तर मेरो लक्षण जस्ताको तस्तै छ l
-- यस्तो अवस्थामा endocrinologist (शरीरको बिभिन्न अंगबाट उत्पादन हुने hormones को विशेषज्ञ) संग जंचाउन जानु पर्छ l उनीहरुले thyroid सम्बन्धि अलि धेरै प्रकारका lab test हरु गर्छन l Thyroid लाई असर गर्ने तत्व जस्तै fluoride, mercury आदिको पनि जांच गर्छन l (र कसै कसैले) हाम्रो आफ्नै thyroid hormone उत्पादन धेरै गराउने र T4 लाई ------> T3 (free) मा बदल्न चाहिने बिभिन्न तत्वहरु जस्तै vitamin B complex, vitamin C, vitamin D, iodine, zinc, selenium, copper लगाएत बिभिन्न amino acids र दैनिक खाने diets बाट पनि उपचार गर्छन् l
७. के thyroid hormone खान थाले पछि जिन्दगिभर खानु पर्छ ?
-- करिब ९०% जतिले जिन्दगीभर खानुपर्छ l कसै कसैलाई diet परिबर्तन गर्दा वा जुन कारणले hormone को गडबड भएको थियो त्यो कारणको निवारण हुँदा आँफै समस्याको समाधान हुन सक्छ l
८. के thyroid को समस्याले महिलामा बाँझोपन हुने (गर्भ नरहने) हुन्छ?
-- Hypothyroidism र Hyperthyroidsm दुवैमा गर्भ नरहने समस्या हुन सक्छ तर उपचार पछि (प्राय) त्यो समस्या हट्ने गर्छ l Graves’ disease (hyperthyroidism) र Hashimoto’s thyroiditis (hypothyroidsim) जस्ता autoimmune disorder मा thyroid संगै ovaries मा पनि समस्या हुने गर्छ कसै कसैलाई जसका कारण उपचार पछि पनि गर्भ नरहने सम्भावना रहन सक्छ l
------------------------
साबधान: तपाईंको आफ्नै डाक्टरको सल्लाह बिना कुनै पनि खाई राखेको औषधि बन्द नगर्नुहोस l यदि आँफु खुसि औषधि बन्द गर्दा वा परिबर्तन गर्दा ज्यानै समेत जाने सम्भावना रहन्छ l कुनै किसिमको हानि भएमा म जिम्मेबार हुने छैनl
@Talk2Kalyan
------------------------
Comments
Post a Comment