Uric Acid कसरी बढ्छ ?

१. Uric Acid कसरी बढ्छ ?
२. Uric Acid र Gout को के सम्बन्ध छ ?
३. मैले माछा मासु पनि खान्न र रक्सि बियेर पनि खान्न तर मेरो Uric Acid high छ l किन यस्तो भएको ?
४. म vegetarian हो l मलाई protein को लागि गेडागुडी खानै पर्छ l Uric Acid हुनेले गेडागुडी खान हुँदैन रे ! अब म के गरु ?
५. मैले Allopurinol भन्ने औषधि खान्छु l यसले कसरी काम गर्छ?
६. Uric acid धेरै हुनेले के खाने के नखाने ?
---------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan/Twitter
---------------------
१. Uric Acid कसरी बढ्छ ?
-- कुनै पनि जीवको (प्राय) प्रत्येक कोषमा DNA वा RNA हुन्छ l जसले प्राणीको बङ्गशाणुगत सन्देश अर्को कोषमा वा सन्तानमा सार्ने काम गर्छ र उक्त कोषले जुन बङ्गशाणुगत सन्देश आँफुमा छ त्यहि अनुसार को व्यवहार गर्छl DNA वा RNA हरु नियेमित रुपमा टुक्रिएर Purines हुँदै ( त्यसपछि Hypoxanthines--> Xathines हुँदै) अन्तिममा Uric Acid बन्दछन्l अर्थात् हाम्रो आफ्नो शरीरको (प्राय) कोषहरु विभिन्न कारणले मर्दा वा हामीले जीवित कुराहरु (मासु, गेडागुडी, तरकारी आदि) खाँदा वा जीवित कुराहरुबाट बनेका कुराहरु (रक्सि बियेर, फलफूलको बाक्लो जुस आदि) खाँदा अन्तिममा ति जिबका कोषहरु टुक्रिएर (metabolized भएर ) Uric Acid बन्दछन् l यो बनेको Uric Acid मृगौलाबाट छानिएर पिसाब हुँदै निस्कन्छ l यो नियेमित प्रक्रिया हो l जब कुनै कारणले हाम्रो kidney (मृगौला) मा समस्या आउँछ र मृगौलाले उक्त Uric Acid छानेर पिसाब हुँदै पठाउन सक्दैन वा हामीले Purines (याद गर्नुस् DNA र RNA बाट purines बन्दछ) धेरै भएको खाना धेरै खान्छौं वा अन्य धेरै कारणले Uric Acid को मात्रा शरीरको रगतमा धेरै भैदिन्छ l

२. Uric Acid र Gout को के सम्बन्ध छ ?
-- Purines धेरै भएको खाना (खसी कुखुरा आदिको कलेजो, मृगौला वा धेरै मात्रमा जुनसुकै मासु, समुन्द्रमा पाइने माछा लगाएत अन्य जीवहरु, लगाएत रक्सि बियेर, फलफूलको बाक्लो जुस आदि) धेरै खाँदा वा मृगौलाले नियेमित रुपमा बन्ने Uric Acid लाई पिसाबमा नपठाईदिंदा वा शरीरले अनावास्येक रुपमा धेरै Uric Acid बनाईदिंदा रगत हुँदै ति ठुला मात्राका Uric Acid हरु शरीरको बिभिन्न भागमा जान्छ l Uric Acid हाम्रो हाडको जोर्नीहरुमा गएर थुप्रिएर बसिदिन्छ l Uric Acid का crystal तिखा खाले मसिना ढुंगा झैं हुन्छन जुन lab मा microscope मा हेर्दा सजिलै छुट्याउन सकिन्छ l उक्त तिखा Uric Acid का मसिना ढुंगा जोर्नीमा भएको अवस्थालाई gout भनिन्छ l (Uric Acid को crystal मृगौलामा पनि जम्मा हुन सक्छ र kidney stone बन्न सक्छ) l जब ति तिखा Uric Acid का मसिना ढुंगाले जोर्नीमा असर गर्न थाल्छ तब शरीरको प्रतिरक्षा प्रणाली अति सक्रिय हुन थाल्छन् l त्यसपछिको द्वन्दको प्रतिफलमा जोर्नी सुन्निने, दुख्ने, पोल्ने आदि हुन्छ l प्राय त्यो दुखाई अकस्मात रातमा वा बिहानीपख हुने गर्छl

३. मैले माछा मासु पनि खान्न र रक्सि बियेर पनि खान्न तर मेरो Uric Acid high छ l किन यस्तो भएको ?
-- माथि भने झैं kidney ले राम्रो संग नछानिदिंदा वा शरीरमा पानीको मात्र कम हुँदा वा अन्य रोगहरु (low thyroid hormone, psoriasis आदि), chemotherapy, niacin, thiazide/HCTZ(पिसाब लगाउने औषधिको कारण) वा अन्य कारणले शरीरको कोषहरु टुक्रदा पनि Uric Acid को मात्र धेरै देखिन्छ l अर्को कुरा के जान्न जरुरी छ भने Uric Acid high हुने सबैलाई gout वा kidney stone हुँदैन l Perfect dieting हुँदा र kidney ले राम्रोसंग काम गर्दा पनि Uric Acid high हुने गर्छ l कसै कसैमा शरीरले किन धेरै Uric Acid बनायो भन्ने कारण पत्ता नलाग्न पनि सक्छ l कसैमा genetic/hereditary को कारण पनि मानिएको छ l कारण जे होस perfect dieting हुँदा, kidney ले राम्रोसंग काम गर्दा, पानी प्रसस्त पिउँदा, नियेमित शरीरक ब्यायेम आदि गर्दा gout attack (gout को दुखाई) हुने सम्भावना निकै कम हुन्छ;

४. म vegetarian हो l मलाई protein को लागि गेडागुडी खानै पर्छ l Uric Acid हुनेले गेडागुडी खान हुँदैन रे ! अब म के गरु ?
-- Theoretically/सैद्धांतिक रूपमा गेडागुडीले अन्य vegetarian खानाको तुलनामा Uric Acid धेरै बनाउँछ भन्ने कुरा सत्य हो l तर Uric Acid बन्दैमा gout नै भैहाल्छ भन्ने पनि होइन l गेडागुडीबाट बन्ने Uric Acid रगतमा ह्वातै uric acid नबढाएर अलि ढिलो र शरीरले धान्न सक्ने रुपमा परिणत हुन्छ भन्ने कुरा देखिएकोछ पछिल्ला धेरै खाले research हरुमा l त्यसैले गेडागुडी खान नछोड़नुहोस् तर थोरै थोरै खानुहोस् l पानी धेरै पिउनुहोस र नियेमित व्यायाम गर्नुहोस l मिल्छ भने low fat भएको दुध, cheese आदि बाट protein पुर्याउनुहोस l

५. मैले Allopurinol भन्ने औषधि खान्छु l यसले कसरी काम गर्छ?
-- पहिले, प्रश्न #१ को उत्तरमा लेखेको कुरा फेरी याद गर्नुहोस l {DNA वा RNA हरु नियेमित रुपमा टुक्रिएर Purines हुँदै --> त्यसपछि Hypoxanthines --> Xathines हुँदै ---> अन्तिममा Uric Acid बन्दछन् l} याद भयो ? Allopurinol ले Uric Acid बन्नु ठिक अघिको प्रक्रिया Hypoxanthines र Xanthines लाई Uric Acid मा परिणत हुन रोकिदिन्छ र शरीरमा Uric Acid को मात्र कम गराईदिन्छ l
-- Allopurinol भनेको मुख्य वा वास्तविक chemical name हो जुन औषधिको बट्टा वा खोलमा निकै सानो अक्षरले लेखेको हुन्छ l यो औषधिलाई प्याकेज गरेर बेच्ने कम्पनीले आ-आफ्नै नाम (Trade name) दिएर बजारमा बेच्दछन् जुन औषधिको बट्टा वा खोलमा अलि ठुला अक्षरमा लेखिएका हुन्छन् l जस्तै: Zyloprim, Aloprim, Alloric, Algor, Allgout, Alnol, Alopur, Alur, Avery, Logout, Lodiric, Mallor, Mecnol, Olru, Riloric, Satric, Ureka, Urinol, Znol, Zanupirol, Zeric, Zyprinol, Zyrinol, Zytol लगाएत अन्य धेरै सबै एकै खाले औषधि हुन l

६. Uric acid धेरै हुनेले के खाने के नखाने ?
-- खानै नहुने वा सकेसम्म कम खाने कुराहरु: मासुमा मांशपेशी (muscle) बाहेकका अंगहरु जस्तै जिब्रो, pancreas, कलेजो, गिदी, मृगौला आदि, मासुको gravy, beer, मैदा पिठोका परिकार, गुलियो खानेकुरा, coke-fanta, Cake, sugar candy/chocolate;    
-- नियमित खान हुने कुराहरु: फलफूल, हरियो तरकारीहरू, दुध- दहि (कम घ्रिताम्स भएको), cheese, अण्डा, पाउरोटी(whole wheat खाले, मैदाले बनेको होइन), भात, बदाम, ओखर, कफी,  सकेसम्म धेरै पानी;
-- कहिले काहीं खान हुने कुराहरु: १५० ग्राम माछा- मासु (हप्ताको २-३ दिन); गेडागुडी र दालहरु (हप्ताको ३-४ दिनसम्म); साग, केराउ, काउली, र च्याउ (हप्ताको ३ दिन); beer बाहेकका रक्सीहरु थोरै मात्रामा हप्ताको २-३ दिन; यहाँ लेखिएका कुराहरु gout ले खुट्टा दुखाएको बेलामा र त्यसको अर्को हप्तासम्म नखान नै बेस हुन्छ;

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika