भिटामिन डी को कमी !


जेष्ठ १९ गते, २०७४ - ०५ः४१
संसारमा जतिपनि महत्वपूर्ण औषधिहरु छन् ति सबै निशुल्क नै छन् मात्र त्यसको उपयोग गर्न नजान्दा अनेक समस्याहरुमा रुमल्लिरहेका हुन्छौ । जस्तो घाम, पानी, व्यायाम जस्ता कुराहरु, जुन मानव शरीरलाई स्वस्थ राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दछन् । मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण अंश हड्डि र त्यसमा पनि अझ बढी महत्वराख्ने ढाडका सम्बन्धमा हामीले निरन्तर बहस चलाउँदै आएका छौं । आजको यस श्रृंखलामा भने हामी आम मानिसमा हुने भिटामिन डी को कमि अनि हड्डी खिइने समस्याका बारेमा चर्चा गर्दैछौं । प्रस्तुत प्रशासन डट कमका लागि सिद्धराज उपाध्यायले दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसंग गरेको कुराकानीको सम्पादित अंशः

हरेक ५ व्यक्ति मध्ये झण्डै ४ जनामा भिटामिन डी को कमी छ भन्नुभयो ? यो त सोच्नु पर्ने बेला आएन र ? कसरी जोगिने ?
हो, बढ्दो शहरीकरणसंगै शहरको बसाइ निकै सकसपूर्ण हुँदै गएको छ । मानिसका लागि चाहिने स्वच्छ हावा, स्वच्छ खाना, स्वच्छ पानी, प्रयाप्त प्रकाश जस्ता कुराहरुमा सम्झौता गर्नुपर्ने बाध्यता एकातिर छ भने विकिरण तथा प्रदुषणका कारण जटिल स्वास्थ्य समस्या निम्त्याउनु पर्ने अर्को विवशता जस्तै बनेको छ ।

♦ यस्तै मानिसका लागि अत्यावश्यक भिटामिन डी को मुख्य स्रोतका रुपमा मानिने सूर्यको किरण शरीरमा नपर्दा काठमाण्डौं जस्ता प्रदुशित शहरमा हरेक ५ जनामध्ये झण्डै ४ जनामा भिटामिन डी को कमी देखिएको छ ।

♦ त्यसमाथि एक त भिटामिन डी भएका खाना नै नपाइने, अर्को युरोप तथा अमेरिकामा जस्तो थुप्रै खाद्यपदार्थमा भिटामिन डी थपेर मात्र बेच्न पाइने बाध्यता नेपालमा छैन । यी दुई कारणले हामीमा भिटामिन डी कम हुदैं गएको छ ।

प्रदुषित महानगरभित्र भने घाम तापेर भिडामिन डी को आपुर्ति नहुन पनि सक्छ, किनकी तपाइँले देख्नु नै भएको छ घाम त परै जाओस् हावा पनि छिर्न मुस्किल पर्ने गरी हाम्रा घरहरु बनाइएका छन् । त्यस्मा पनि हाम्रो कामगर्ने शैली पनि त्यस्तै छ, कहिल्यै घामको मुख देख्नै पाईंदैन । त्यसमाथि यी महानगरका प्रदुषित आकाश तथा वातावरणबाट भिटामिन डी पैदागर्ने खाले सुर्यका किरण राम्ररी छिर्न नै सक्दैनन् । भिटामिन डी को लागी घाम ताप्नै पर्यो भने दोब्बर समय ताप्नुपर्ने हुन्छ ।

शरीर स्वस्थ रहनका लागि सबै प्रकारका भिटामिन आवश्यक पर्ने र कुनै एक भिटामिनको कमि हुँदा त्यसले समग्र स्वास्थ्यमा नै असर पर्न जाने कुराबाट प्रायः हामी कोही पनि अनविज्ञ छैनौं । यस्तै भिटामिन डी को कमिले पनि सैकडौं समस्या पैदा गर्न सक्छ । भिटामिन डी को कमिले हड्डी कमजोर हुने मात्र होइन, अत्याधिक थकान, ढाड, मेरुदण्ड तथा मांसपेशीको दुखाई, डिप्रेशन, उच्चरक्तचाप तथा मधुमेह पनि निम्ताउने वैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् ।

यसका लागि एउटै टिप्स काफी छ त्यो हो हामीले घाम ताप्ने । मुख्य महानगरपालिकामा त यो समस्या निकै ब्याप्त छ । तराइमा तथा पहाडमा जहाँ पारिलो घाम लाग्छ त्यहाँ बाहिर कामगर्नेहरुमा मैले यसको भिटामिन डी को कमि त्यत्ति धेरै देखेको छैन । त्यसैले एक नम्वर टिप्स भनेको कपडा खोलेर घाम ताप्ने नै हो ।

फेरि तपाइँ भन्नुहोला कि बिहान बेडमै हुन्छु, दिउसो कार्यालयमा हुन्छु, अनि एक्कै चोटी राति घरमा आउँछु कसरी घाम ताप्ने ? त यसको पनि उपाय छ । तपाई हप्तामा एक दिन त बिदा बस्नुहुन्छ । एक दिनमा एक डेढ घण्टा किन घाम नताप्ने ? कपडा खोलेर मज्जाले किन घाममा न पल्टिने ? जाडो महिनामा दिउसैको घाममा र गर्मीमा बिहान बेलुकाको घाममा पल्टिनुहोस् ।

जसले घाम ताप्न शतप्रतिशत सम्भव नै छैन भन्छन् तिनले काम चलाउ उपचार गर्न डक्टरको सल्लाह अनुसार भिटामिन डी का सप्लिमेन्ट खान सक्नुहुन्छ । भिटामिन डी चिल्लोमा घुल्नेखाले भिटामिन भएको हुंदा यो चिल्लो खाना पछि चिल्लो भएको दुधसँग लिन सकिन्छ ।

छालामा प्रत्यक्ष घाम पर्दा डढ्छ भनिन्छ त ? तपाइ त मज्जाले नांगै भएर घाम ताप्नुहोस् भन्नुहुन्छ ? कालो भयो भने नि ?
गोरा जातीका छालामा मेलालिनोसाइट भन्ने जुन कोष हुन्छ त्यो एकदमै कम हुन्छ । त्यसले गर्दा सुर्यका हानिकारक किरणहरु शरीरभित्र परेर छालाको क्यान्सर पैदा गर्न सक्ने सम्भावना बढी हुन्छ । गोरा व्यक्तिमा घाममा बस्ने बित्तिकै छाला डढ्दै जान्छ तर नेपालीहरुमा घाममा बस्दा छालामा मेलालिनोसाइट बढ्दै जाँदा छाला कालो हुँदै जान्छ जस्ले हानीबाट बचाउँछ त्यही भएर हामी डराउनै पर्दैन । हामीले त बिहान बेलुकि मात्र होइन दिउँसो पनि आरामले घाम ताप्न सक्छौं । तर घाम ताप्दा हामीले याद राख्नुपर्छ कि जती कालो वा गाढा छाला छ त्यति नै बढि समय घाम ताप्नु पर्दछ । घाम ताप्दा छाला कालो हुदैं गयो भने अर्को तर्फ फर्केर घाम ताप्नुपर्दछ ।

सनब्लक, कपडा, प्रदुषण, सिसा आदिले भिटामिन डि पैदागर्ने खाले किरणको आपूर्ति रोकिदिन्छ । सनब्लक लगाएर घाममा बसेर काम छैन । घामले अनुहारमा असर गर्छ वा अनुहार कालो हुन्छ कि भन्ने डर हुनेले अनुहार राम्ररी छोप्नुहोस अनि ढाड मात्र सेकाउनुहोस् । सकेसम्म सफा वातावरणमा सिधा छालामा सुर्यको किरण पर्नाले मात्र भिटामिन डी पैदा हुन्छ ।

घामको कमिले कसरी समस्या आउँछन् ?
यो शरीर एक इको सिस्टम नै हो । एउटालाई असर गर्दा अर्कोमा चेन रियाक्सन हुन्छ अनि तुरुन्तै अर्को अनि अर्कोलाई असर परि हाल्छ । घामको कमिले भिटामिन डि को कमि हुन्छ । भिटामिन डी को कमिमा शरीरमा क्याल्सियम कम हुँदै जान्छ, क्याल्सियम हड्डी, माँसपेशी तथा नशाको स्वास्थ्यको निम्ति एकदमै महत्वपूर्ण हुन्छ । फलस्वरुप हड्डी खिइने, कमजोर हुने, माँसपेशि, नशा तथा जोर्नि अनि ढाड आदि दुख्ने वा कमजोर हुने, नशाका समस्या बढ्ने, चाँडै थाक्ने हुन्छ ।

यती मात्र होइन भिटामिन डी को कमिले बिभिन्न किसिमका क्यान्सर हुने सम्भावना बढ्ने, दम तथा मुटु अनि रक्तनलीका रोग बढ्ने, डिप्रेशन, स्ट्रोक वा मष्तिस्क पक्षघातका सम्भावना बढ्ने, यौन क्षमता घट्ने आदि पनि हुने वैज्ञानिक अनुसन्धानले देखाएका छन् ।

डा. सुनिल पौडेललाई तपाईले hamrodoctor@gmail.com मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्न

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika