http://sidhaonlinekhabar.com/भारतमा-पियन-नेपालमा-करोड/

नौ वर्षको उमेरमा परिवारको इच्छाविपरीत कक्षा १ मा भर्ना भएका तिलप्रसाद भट्टराई प्रथम भएर कक्षा जम्प गर्दै एकैवर्षमा तीन कक्षामा उक्लिए । कक्षा ३ मा पनि प्रथम भएपछि सिधै कक्षा ७ मा पुगे ।पढाइमा अब्बल तिलप्रसाद ८ कक्षा पास गरेपछि ‘नर्मल ट्रेनिङ’ परीक्षा उत्तीर्ण गरेर हेडमास्टर हुन पाइने त्यतिबेलाको चलन अनुसार आवेदनका लागि फोटो खिच्न तानसेन गए । पाल्पाको नायर नमतलेस गाउँबाट सदरमुकाम तानसेन गएका भट्टराई त्यहाँ फोटो खिच्न नपाएपछि फोटो खिच्नकै लागि बुटवल झरे ।बुटवलमा फोटो स्टुडियोले क्यामेरामा रिल भर्खर नयाँ राखेकाले रिल सकिएर फोटो तयार हुन एक हप्ता लाग्ने बताएपछि भट्टराईको हेडमास्टर बन्ने सपना अधुरै रहने निश्चित भयो ।

किनकि आवेदनको म्याद २ दिन मात्रै थियो ।परिवारले ८ कक्षाभन्दा माथि पढाउन्नन् भन्ने बुझेका तिलप्रसाद फोटो खिच्न मागेको १० रुपैयाँ र आफूसँग भएको १५ रुपैयाँ साथमा राखेर बुटवलतिरै जागिर खोज्ने र बस्ने निधोमा पुगे ।०२७ साल माघमा जागिर खोज्दै उ नी बुटवलको तत्कालीन सीपीडब्लु (सडक विभाग) को कार्यालयमा पुगे । त्यहाँ भेट भएका एकजना व्यक्तिले भारतको बस्तीमा शिक्षकका घरमा खाना पकाउने जागिर मिलाइदिएपछि भट्टराई दङ्ग पर्दै उतै लागे ।हिन्दी बोल्नै नजानेका तिलप्रसादले शुरुका दिनमा निकै गाली सहनुपर्‍यो । उनी सम्झिन्छन् -‘हिन्दी भाषा नबुझ्दा नुन माग्दा बेसार, पानी माग्दा तेल पनि दिने गरें ।’

विस्तारै भाषा बुझ्दै गएर मेहनतपूर्वक काम गर्दै गएपछि ती भारतीय शिक्षकले भट्टराईलाई असाध्यै माया गर्न थाले । भट्टराईको बाल्यकाल र पढाइको अब्बल पृष्ठभूमि पनि थाहा पाएपछि उनलाई आफूसँगै राखेर पढाउन तयार भए ।अतीतलाई सम्झिँदै तिलप्रसाद भन्छन् ‘नेपालीहरुलाई बहादुर, गोर्खाली भन्दै हेपेको र अपमान गरेको देखपछि भारतमा बस्ने मन मर्‍यो, अनि नेपाल फर्कें भारतीय शिक्षकले स्कूल तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइदिएर पोलिटेक्निकल कलेजमा इलेक्टि्रक विषय पढाउन थाले । दुई वर्षसम्म इलेक्ट्रिक विषय पढेपछि तिलप्रसादले भारतको नेसनल रेडियो कम्पनीमा पियनको जागिर खान थाले ।

‘मासिक ४० रुपैयाँ तलब पाउने गरी पियनको काम गरें’ तिलप्रसादले सम्झिँदै थपे ‘६ महिना राम्रोसँग काम गरेर मालिकको मन जितेपछि टाइपराइटर र एकाउन्टेन्टको काम गर्न दिए । तलब पनि ७० रुपैयाँ पुग्यो ।’तर कडा परिश्रम र फौजी नियममा बाँधिएर बस्न नसक्ने देखेपछि तीनदिनमै आर्मी क्याम्पबाट भागेर पुनः पुरानै जागिरमा फर्के । त्यसपछि नेसनल रेडियो कारखानामै इलोक्ट्रोनिक टेक्निसियनको रुपमा काम शुरु गरे भट्टराईले ।चार वर्षसम्म टाइपराइटरको काम गर्दा उनको तलब बढेर १ सय १४ रुपैयाँ पुगेको थियो । तर, उनी सन्तुष्ट भएनन् र भारतीय सेनामा भर्ती हुन पुगे, मालिकलाई थाहै नदिई ।त्यहाँ पनि कुशलतापूर्वक आफ्नो क्षमता देखाएर उनी एक हजार कामदारका सिनियर बने ।

‘त्यहाँ मेरो तलबबाहेक मासिक इन्सेन्टिभ मात्रै ५०/६० हजार हुन थाल्यो । रेडियो कारखानाको मालिक प्रभावित भएर दिल्लीमा घर नै किनिदिए’ भट्टराईले विगत सम्झिने क्रममा भने ।दिल्लीमा १४ वर्ष बस्दा कमाइका हिसाबले नसोचेको सफलता हासिल गरे भट्ट राईले । उनी त्यहाँ मल्टिमिटर टेक्निसियन बनिसकेका थिए । ‘जति कमाए पनि भारतीयले नेपालीलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोण हेपाहा/अपमानजनक पाएपछि भारतमा नबस्ने र नेपालमै फर्केर केही गर्ने निश्चय गरेँ,’ अतीतलाई सम्झिँदै तिलप्रसाद भन्छन् ‘ने पालीहरुलाई बहादुर, गोर्खाली भन्दै हेपेको र अपमान गरेको देखपछि भारतमा बस्ने मन मर्‍यो, अनि नेपाल फर्कें ।’

०४८ सालमा नेपाल फर्किंदा उनीसँग ४ छोरा, एक छोरी र श्रीमती थिए । २० वर्ष भारत बसेर फर्केपछि तिलप्रसादले नेपालमा आफूले जानेको क्षेत्रमा के गर्न सकिन्छ भनेर बजार अध्ययन गरे ।अध्ययनबाट उनले नेपालमा केबुल तार बनाउने उद्योगको राम्रो सम्भा वना भेट्टाएपछि बुटवल औद्योगिक क्षेत्रमा साथीहरुसँग मिलेर ७ लाख लगानी गरी लुम्बिनी केबुल उद्योग खोले । यो उद्योगले नेपालमै पहिलोपटक टेलिभिजन, रेडियो, इमर्जेन्सी लाइट आदिमा लाग्ने लिड तार र डिस एन्टिनामा लाग्ने तारहरुको उत्पादन थाल्यो ।६ म हिना राम्रोसँग चलेको उद्योगमा विस्तारै चालु पुँजी कम हुन थाल्यो । पुँजी थप्न बैंकमा ऋणका लागि जाँदा त्यतिबेला तिलप्रसादलाई कसैले पत्याएनन् ।

‘नयाँ भएकाले बैंकहरुले कुरा सुनेको नसुने झैं गरे । कतिपय आफ्नै साथीहरुले पनि ऋण लिने कुरामा असहयोग गरेर निराश अनि हतोत्साही बनाए’ तिलप्रसाद सम्झन्छन् ‘उद्योग चलाउनैपर्छ भनेर २ लाख ऋण पास गराउन २० हजार घुस दिएर भए पनि काम गराएँ ।’त्यसपछि तिलप्रसादले पछाडि फर्केर हेर्नुपरेको छैन । लुम्बिनी केबुल उद्योगले देशव्यापी बजार लिन सफल भयो । उद्योगको सफलता देखेर तत्कालीन नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले ०५१ सालमा उद्योगलाई २० लाख कर्जा दियो ।०५४ सालसम्म आइपुग्दा तिलप्रसादले सबै साझेदारलाई शेयर रकम बराबर बनाइदिए । सोही वर्ष ७५ लाख कर्जा लिएर ०५८ सालमा चुक्ता गर्न सफल भए ।

सोही साल नै भट्टराईले प्लास्टिक उद्योगलाई चाहिने कच्चा पदार्थ (दाना) उत्पादन गर्ने गरी लुम्बिनी पोलिमर प्रा.लि. र नेपालमै पहिलोपटक प्लास्टिकका मिटर बक्स बनाउने लुम्बिनी प्लास्टिक फिटिङ प्रालि स्थापना गरे । उद्योगहरु सफल हुन थालेपछि भट्टराईले बैंकबाट पटक-पटक गरी लिएको ८२ लाख ऋण पनि चुक्ता गरे ।इमान्दारिताका साथ समयमै कर्जा भुक्तानी गर्दै गएकाले आफ्नो उद्योगलाई एनआईडीसीले असल ऋणीको सूचिमा राखेको भट्टराई बताउँछन् ।अथक परिश्रमी र सकारात्मक सोचका धनी तिलप्रसादले साझेदारी उद्योगमा ७० लाख लगानी पुर्‍याए । साझेदारी तीनवटा उद्योगमा सयजना भन्दा बढीलाई रोजगारी दिएका छन् ।

तिलप्रसाद यत्तिमै सन्तुष्ट भएनन् । साझेदारी उद्योगसँगै उनले आफ्नो एकल लगानीमा छुट्टै दुईवटा उद्योग चलाएका छन् । २ करोड लगानीमा पूजा प्लास्टिक उद्योग र ४० लाख लगानीमा पूजा इलेक्टि्रक प्रोडक्ट उनले एक्लै चलाएका छन् ।६८ वर्षको उमेरमा प नि युवाजस्तै जोसिला र जाँगरिला देखिने भट्टराईले आफ्ना दुईवटा उद्योगमा करिब ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनको उद्योगबाट नेपालमै पहिलोपटक प्लास्टिक हेंगर, पिठो चाल्ने चाल्नी, डोर बेल, पर्दा झुण्डाउने पाइप इत्यादि उत्पादन हुन्छन्।अरु को घरमा मजदुरीबाट जीवनयात्रा शुरु गरेका यिनै भट्टराई अहिले उद्योगीहरुका नेतासमेत बन्न सफल भए ।

भट्टराई अहिले पनि श्रम गर्न पछि पर्दैनन् । ‘अहिले मलाई नपुग्दो केही छैन, तर आवश्यक पर्‍यो भने कमदारसरह काम गर्न म हिच्किचाउन्न’ तिलप्रसादले भने- ‘जीवनमा सफलता हासिल गर्न श्रम नगरी हुंदैन, श्रमविनाको सफलता दिगो हँदैन, मेरो अहिलेको सफलताको एउटै सूत्र श्रमप्रतिको मेरो सम्मान र लगाव नै हो ।’उनी बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्ष र नेपाल औद्योगिक क्षेत्र उद्योग संघको केन्द्रीय अध्यक्षसमेत बनेका छन् ।देशको समुचित विकास गर्न र युवाको विदेश पलायन रोक्न तराईमा भन्दा पहाडी क्षेत्रमा उद्योग स्थापनामा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

‘नेपालमा अरु देशबाट सामान ल्याएर ब्यापार गर्ने परिपाटी मात्रै छ, यसले देश बन्दैन, देश बनाउन उद्योग र आफ्नै देशमा नै श्रम गर्नुपर्छ’- भट्टराई भन्छन्- ‘देश विकास र रोजगारीको आधार नै उद्योग हो ।’सरकारले युवाहरुलाई स्वदेशमै श्रम गर्न उत्प्रे रित गर्ने र उद्यमशील बनाउने नीति बनाउनुपर्ने, कच्चा पदार्थ उपलब्ध गराउनुपर्ने र उद्योगसञ्चालन सम्बन्धी तालिमहरु दिनुपर्ने भट्टराई सुझाउँछन् ।‘हामी केही मान्छे मात्रै धनी भएर पुग्दैन, देश धनी र आत्मनिर्भर बन्न हामी सबैले श्रम गर्न लाज मान्नुहुँदैन, जति पनि विकासमा फड्को मारेका देश छन्, त्यो त्यहाँका जनताको श्रमकै परिणाम हो, हामी पनि श्रममा रमाउन सक्यौं भने मात्रै विदेशीले हामीलाई हेप्दैनन्।

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika