स्मरणशक्ति बढाउन यसो गर्ने


 २०७५ फाल्गुण १० शुक्रबार ०६:४०:०० | काठमाडौं
- निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।
- नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।
- बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
- बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।
-दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, पजल, लुँडो आदि खेल खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
- दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ ।
- सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।
- घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।

Comments

Popular posts from this blog

मन्जुरिनामा कसरि लेख्ने ? how to write manjurinama?

भर्पाई लेख्ने तरिका Bharpaaee lekhe tarika

बिक्रीनामा लेख्ने तरिका Bikrinama lekhe tarika