भवन निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु घ
र बनाउनु भनेको चानचुने कुरा पक्कै पनि होइन,वर्षौ देखिको अथक मेहनत पश्चात आफुले कल्पना गरे जस्तो घर बनाउनुको अनुभूति बेग्लै हुन्छ । घर त निर्माण गर्ने तर घर निर्माणपूर्व के कस्ता कुरामा ध्यान दिने त ? घर निर्माणपूर्व हामीले घरको नक्शा,वास्तु, सरकारी मापदण्डका साथै निर्माण सामाग्री समन्धी कुराहरुमा ध्यान दिन आवश्यक छ । आफ्नो घर बनाउदा लाग्ने बजेट अनुरुप निर्माण गर्न सकिने सामग्रीको मात्रा,मूल्य बजार ट्रेन्ड,डिजाइन गर्दा लाग्ने खर्च, घर बनाउदा लाग्ने खर्च, घर बनाउदा लाग्ने समय आदि विविध कुराको जानकारी हुनुपर्छ ।
यस लेख मार्फत हामीले घर निर्माण गर्दा लाग्ने निर्माण सामग्रीहरुको बारेमा केही जानकारी दिन खोजेका छौ ।
सिमेन्ट
घर निर्माण गर्दा नभैनहुने सामग्री मध्यको एक महत्वपूर्ण सामग्री हो सिमेन्ट । कंक्रिटको घर बनाउदा सबैभन्दा बढी प्रयोगमा आउने कुरा हो सिमेन्ट । सिमेन्टको बारेमा सामान्य अध्ययन नगरी वा सजगता नअपनाई भौतिक संरचना निर्माण गर्दा संरचना नै कमजोर हुने र त्यसबाट जनधनको क्षति हुन सक्छ। वास्तवमा कंक्रिट भन्नाले गिट्टी वालुवा, सिमेन्ट र पानीको मिश्रणलाई बुझिन्छ सिमेन्ट अन्यको तुलनामा धेरै महँगो हुन्छ र घर निर्माणको अत्याधिक बजेट पनि सिमेन्ट खरिद गर्दा नै सकिन्छ।
सिमेन्ट पनि विभिन्न थरिका हुन्छन। सामान्यतया ओपिसी सिमेन्ट ढलानको लागि प्रयोग गरिन्छ। पिपिसी प्लास्टर गर्न र पिएससी फ्ल्लोरिङ अर्थात तलामा प्रयोग गरिन्छ। संरचना निर्माण गर्नुअघि सर्वप्रथम त सिमेन्ट बनेको मितिमा ध्यान दिदा राम्रो हुन्छ ।
नेपाली बजारमा ३ प्रकारका सिमेन्टहरु उपलब्ध गराएको छ ।OPC, PPC र PSC - यी तीनवटै सिमेन्टको आ-आफ्नै बेग्लै प्रयोग र विशेषताहरु रहेको छ।
OPC भन्नाले अर्डीनरी पोर्टल्याण्ड सिमेन्टलाई (Ordinary Portland Cement) बुझिन्छ। यो सिमेन्टमा ९५% सिमेन्ट र ५% जिप्सम हुन्छ। OPC सिमेन्ट ठूला घर, सडक र आदि संरचनाको निर्माणको लागि कंक्रिट बनाउनलाई प्रयोग गरिन्छ। सिमेन्टको बोरामा हुने IS चिन्ह कालो छ भने सो सिमेन्ट OPC हो। OPC सिमेन्ट PPC भन्दा चाडो सेट हुन्छ।
PPC भन्नाले पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (Portland Pozzolana Cement) बुझिन्छ। यो सिमेन्टमा ७५% सिमेन्ट, २०% फ्लाईयास र ५% जिप्सम प्रयोग गरिएको हुन्छ। PPC सिमेन्ट मुख्यत: प्लास्टर गर्दा, इट्टा र ढुंगाको काम गर्दाका लागि बनाईन्छ। यसलाई घरको स्ल्याब, पिलर र बिम बनाउनका लागि पनि प्रयोग गरिन्छ। सिमेन्टको बोरामा हुने IS चिन्ह रातो छ भने सो सिमेन्ट PPC हो।
PSC भन्नाले पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (Portland Slag Cement) बुझिन्छ। यो सिमेन्टमा ४५-५०% स्ल्याग, ५०% क्लिन्कर र ३-५% जिप्सम हुन्छ। यसको रासायनिक बनोटले गर्दा यसलाई जस्तो सुकै संरचना निर्माणका लागि पनि प्रयोग गर्न योग्य ठानिन्छ। यो ठूला ठूला संरचनाको जग, पुलको पिलर, सडक आदि बनाउनका लागि प्रयोग गरिन्छ।
टि. एम्. टि
टि. एम्. टि. छड घरको मेरुदण्ड हो। यसको प्रयोग घरको पिलर, जग, बिम आदि बनाउनमा प्रयोग गरिन्छ। सन् २००२ मा नेपालमै पहिलो पटक टिएमटी अर्थात् (थर्मोमेकानिकल्ली) ट्रिएटेड स्टिल उत्पादन सुरु गरेको हो । यस किमिसको छडमा भूकम्पजस्ता जोखिममा समेत आफूलाई लचक बनाउने क्षमता हुन्छ । टि. एम्. टि. अर्थात TMT(Thermo Mechanically Treated) भन्नाले बिशेष तरिकाले बनाईएको स्टिल छड हो जुन अन्यभन्दा यसमा उच्च शक्ति र टिकाउपन र लचकता हुन्छ।
टि. एम्. टि. छड प्रयोग गर्नुको फाइदाहरु यस प्रकार रहेका छन्:
• अन्य छड भन्दा भारवाहन क्षमाता बढी भएको
• भूकम्प प्रतिरोधी
• धेरै तापले सहन क्षमता भएको
• अन्यभन्दा सस्तो
• धेरै लचिलो
• वेल्डिंग गर्न सजिलो
स्ट्रक्चरल स्टिल स्ट्रक्चरल स्टिल अर्थात् लाइट गेज स्टिल स्टिलको एउटा यस्तो किसिम हो जसबाट विविध आकार र बनोटका संरचनाहरु बनाउन सकिन्छ | यस्तो स्ट्रक्चरल स्टिलमा उच्च शक्ति, टिकाउपन र लचकता हुन्छ | भवन निर्माणमा यो स्टिलको उपयोग गर्नु भनेको सशक्त, टिकाउ,लचकदार र सुरक्षित भवन बनाउनु हो | यो प्रविधीका संरचना ९.५ रेक्टर स्केलको भुकम्प र आगलागि प्रतिरोधात्मक हुने कंम्पनीको दावी छ, शतप्रतिशत स्टिलबाट निर्माण हुने संरचनाको औषत आयु ६० वर्ष हुनेछ । २०७२को भूकम्प पछि नेपालमा स्ट्रक्चरल स्टिलको महत्व बढी रहेको अनुभव भई पञ्चकन्याले पहिलो पटक स्ट्रक्चरल स्टिल उत्पादन र बिक्रि सुरु गरको थियो |
पाइप
घरको नलसाजी गर्दा बिशेष होसियारी पुर्याउनु पर्छ र राम्रो गुणस्तरीय पाइपको मात्र प्रयोग गर्नु राम्रो हुन्छ। अन्यथा, प्लम्बिंगको गडबडीले गरेर घरमा पानी सम्बन्धी समस्या आइरहन्छ। पाइपहरु पनि विभिन्न किसिमका हुन्छन । धेरै पहिले देखि चलिआएको फलामे पाइप आज भोली घरमा खासै प्रयोग हुन छाडी सक्यो। यसको प्रतिस्थापनमा नयाँ र अझ राम्रो PVC पाइपहरु आएका छन्। यस लगायत तामा पाइपहरु पनि प्रचलित भएका छन्।
PVC र तामा पाइपहरु धेरै बलिया, धेरै समयसम्म टिक्ने र खिया लाग्ने समस्याबाट मुक्त हुन्छन। तामाको भाडा जीवाणु प्रतिरोधात्मक हुन्छ र तामाको भाडाको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक भए जस्तै तामाको पाइपको हुदै बगेको पानी पनि उतिकै फाइदाजनक हुन्छ। फलामे पाइपमा भने खिया लाग्ने र चाडै चुहावट हुने जस्ता समस्याहरु देखा पर्छ। फलामे पाइपको आयु अन्यको तुलनामा अति नै कम हुन्छ। फलामे पाइप स्थापना गरेको २० वर्षसम्म पनि टिक्दैन भने तामाको पाइप सजिलैसंग ५० वर्षभन्दा बढी टिक्न सक्छ। PVC पाइपलाई सधै भरि प्रयोग गर्न मिल्छ र मूल्यको हिसाबमा चाहिँ फलामे पाइप र PVC अलि सस्तो हुन्छ भने तामाको पाइप PVC भन्दा त्यस्तै ३-४ गुणासम्म महँगो हुन्छ।
भूकम्पप्रतिरोधी घर निर्माणका लागि पिलरसम्बन्धी जानकारी
१. भवनको भार पिलर हुँदै जगसम्म पुग्ने र भूकम्पीय भारसमेत पिलरमा पर्ने हुँदा पिलरहरू मजबूत हुनु आवश्यक छ ।
२. तीन तलासम्मको घरमा पिलरहरूबीचको दूरी एकापट्टि ३ मिटर र अर्कोपट्टि ४ दशमलव ५ मिटर मात्र भएमा पिलरको साइज कम्तीमा ९×१२ इञ्च वा १२×१२ इञ्च हुनुपर्छ ।
३. बाहिरी लाइनमा रहेको पिलरमा कम्तीमा ५ लाइन ९१६ मिलिमिटर०को चारओटा डण्डीहरू र मध्य भागमा परेका पिलरहरूमा कम्तीमा ४ लाइन ९१२ मिमी०को ८ ओटा डण्डीहरू राख्नुपर्छ
४. पिलरमा राखिने रिङहरू कम्तीमा ८ मिमीको हुनुपर्छ र बिमको तल र माथि २ फिट उचाइसम्म ४÷४ इञ्चको फरकमा हुनुपर्छ भने मध्य भागमा ६÷६ इञ्चको फरकमा राख्न सकिनेछ । तर, टाई बिममुनि सबै रिङहरू ४र४ इञ्चको फरकमा राखिनुपर्छ । रिङको हूक ३ इञ्च लामो भित्रतिर १ सय २५ डिग्रीमा मोड्नुपर्छ ।
५. पिलरको ढलान सकेसम्म १ सिमेण्ट स् १ दशमलव ५ बालुवा स् ३ रोडाको अनुपातमा कङ्क्रिट राखी भाइब्रेटर प्रयोगबाट गर्नुपर्छ । पिलरमा १ फिटको कङ्क्रिट कभर राख्नुपर्छ ।
६. पिलर ढलान गरेको २४ घण्टापछि मात्र फर्माहरू सुरक्षित तवरले खोलिनुपर्छ । ढलान गरेको २४ घण्टापछि लगातार ७ दिनसम्म पिलरमा पानी हाली क्युरिङ गर्नुपर्छ ।
७. पिलर ढलान गर्दा पिलरको माथिल्लो सतहमा पुरानो र नयाँ ढलानबीच कोल्ड जोइण्ट हुन नदिन र जोडाइ बलियो पार्न ४×४×४ इञ्चको ‘शेयर की’ राख्नुपर्छ ।
८. पिलरहरू सीधासीधा लाइनमा पर्ने गरी राख्नुपर्छ । यसरी सीधा लाइनमा पिलरहरू नभएमा त्यसले प्रभावकारी रूपमा काम गर्न सक्दैन ।
९. पिलर तथा विमका डण्डीहरू कम्तीमा डण्डीको मोटाइको ६० गुणा खप्टिने गरी गाँस्नुपर्छ ।
१०. सबै पिलरहरूलाई बिमहरूले जोड्नुका साथै बिमहरूको जोर्नी पिलर भएको ठाउँमा नै पारेर गाँस्नुपर्छ ।
११. पिलरको साइज बिमको साइजभन्दा केही ठूलो हुनुपर्छ । किनभने, बिमका सबै डण्डीहरू पिलरको डण्डीको भित्रपट्टि पर्ने गरी बाँध्नुपर्छ ।
१२. ढलानका लागि प्रयोग गरिने फर्मा तथा अड्याउन प्रयोग गरिने टेकाहरू राम्रोसँग मिलाएर राख्नुपर्छ । अन्यथा, ढलान तथा बिम लच्केर घर कमजोर हुन सक्छ ।
१३. सबै बिम र स्ल्यापहरूको ढलान एकैपटक हुनुपर्छ ।
१४. मसलामा उपयुक्त मात्रामा पानीको प्रयोग गर्नुपर्छ । पानीको मात्रा बढी हुँदा कङ्क्रिट मजबूत हुन सक्दैन ।
१५. कङ्क्रिट ढलानको समयमा मसला मुछ्नका लागि सकेसम्म मिक्सर तथा खाँद्नका लागि भाइब्रेटरको प्रयोग गर्नुपर्छ ।
स्रोत : भूकम्पप्रतिरोधात्मक भवन निर्माण निर्देशिका, २०६९
Comments
Post a Comment